Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समृद्ध समाज दैनिक १३ औं वर्षमा प्रवेश

312520875_831210208153280-1668692445.jpg

१ मंसिर, हेटौंडा । हेटौंडाबाट नियमित प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले बिहीबार बार्षिकोत्सव कार्यक्रको आयोजना गरेको छ । पत्रिका प्रकाशनको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा बार्षिकोत्वस कार्यक्रम गरिएको हो । कार्यक्रमका अवसरमा पत्रिकाले उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । 
कार्यक्रममा वर्ष कर्मचारीको रुपमा वितरण व्यवस्थापक सञ्जय कुमार श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । पत्रिकाले विगत बर्षमा जस्तै यसबर्ष पनि कार्यक्रममा उपस्थित सहभागीहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले मायाको चिनोको रुपमा पुस्तक समेत वितरण गरेको छ । पठन संस्कृतिको विकास गर्नका लागि पुस्तक वितरणको अभ्यास गरिएको समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले बताए । 
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रताप विष्टले समृद्ध समाज दैनिक स्वतन्त्र र निश्पक्ष भई समाचार र विचार प्रस्तुत गर्ने समाचारपत्रको रुपमा परिचित रहेको उल्लेख गरे । उनले आसन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारको मात्रै नभई पत्रकार र सञ्चारगृहहरुको समेत परिक्षण भइरहेको बताए । 
यस्तै कार्यक्रममा पत्रिकाका सम्पादक श्रेष्ठले जवाफदेही र जिम्मेवार पत्रकारिताको अभ्यासमा अग्रसर रहँदै आएको र यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार