Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा शान्तिपूर्ण वातावरणमा मतदान चल्दै

inddd-1668921270.jpg

४ मंसिर, हेटौंडा ।  मंसिर ४ गते आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रकृया मकवानपुरमा शान्त वातावरणमा चलिरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि मतदान स्थलहरुमा लामबद्ध भएर मतदानका लागी बसेका थिए ।
मकवानपुरका सबै मतदान केन्द्रहरुमा तोकिएको समय विहान ७ बजेबाटै मतदान सुरु भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिएका छन् ।
‘सबै मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति उत्साहजकन रहेको खबर छ । अहिलेसम्म मकवानपुरमा कुनैपनि मतदान केन्द्रमा अप्रिय घटना भएको छैन । सबै ठाउँमा शान्त वातावरणमा मतदान भइरहेको छ ।’ अधिकृत निरौलाले बताए ।
मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ३ लाख ७३३ जना मतदाताले मतदान गर्दैछन् । २ वटा प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा एकलाख ५० हजार एकसय ५५ जना मतदाता रहेका छन् । जसमध्ये ७४ हजार ९ सय ३० जना पुरुष मतदाता रहेका छन् भने ७५ हजार दुइसय २१ जना महिला रहेका छन् । अन्य मतदाताको संख्या ४ जना रहेको छ ।
क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र एकसय ७२ वटा मतदान केन्द्र रहेका छन् । १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र दुइजना स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य पदको लागि चुनावी मैदानमा रहेका छन् । १६ मध्ये एकजना मात्रै महिला उम्मेदवार रहेका छन् भने बाँकी १५ जना पुरुष उम्मेदवार छन् ।
मकवानपुर क्षेत्र नम्बर २ मा एकलाख ५० हजार ५७८ जना मतदाता रहेका छन् । जसमध्ये ७८ हजार ५ सय ९८ जना पुरुष र ७१ हजार ९ सय ७९ जना महिला मतदाता रहेका छन् । अन्य मतदाता एकजना मात्रै रहेका छन् । निर्वाचन क्षेत्र नम्वर २ मा एकसय ५ वटा मतदान स्थल र एकसय ९२ वटा मतदान केन्द्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ९ वटा राजनीतिक दलका ९ जना र स्वतन्त्रतर्फ १ जना गरी १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष ४० हजार एक सय ११ र महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यमा एकजना छन् ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा ७२ हजार एक सय ६६ मतदाता छन् । जसमध्ये पुरुष ३४ हजार ८ सय १९ जना र महिला ३७ हजार ३ सय ४४ जना रहँदा अन्य मतदाता तीनजना छन् ।
यता क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा ८३ हजार ९९ जना मतदाता रहेका छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना र महिला ४० हजार २ सय ५५ जना रहेका छन् भने अन्य एकजना छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा ६७ हजार ४ सय ७९ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष ३५ हजार ७ सय ५५ जना र महिला ३१ हजार ७ सय २४ जना रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार