file photo
१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा पक्की पुल बन्ने भएको छ । राप्ति खोलामाथि पक्की पुलको अभावमा बर्षौंदेखि समस्या झेल्न बाध्य स्थानीय पुलको ठेक्का आव्हान भएसंगै खुसी भएका छन् ।
हेटौंडा–१९ बस्तीपुरबाट मनहरी ३ हाँडीखोला भुन्द्रुङ र मनहरी गाउँपालिका–९ रजैयाबाट ५ नम्बर वडा दर्दरा जोड्ने पुलको लागि ठेक्का आव्हान भएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले पक्की पुल निर्माणका लागि ठेक्का आव्हान गरेको हो । राजमार्गबाट नजिकै रहेर पनि हाँडीखोलाबासीले पक्की पुलको अभावमा बर्षौंदेखि समस्या झेल्न बाध्य रहेका थिए ।
तरकारी खेतीको लागि मुलुकमै प्रख्यात यस क्षेत्रका बासिन्दा पुल बन्ने खबरले निकै खुसी रहेका छन् । अहिले मनहरी गाउँपालिकाको रजैला लामिटार जोड्ने पक्की पुल सञ्चालनमा रहेको छ भने हेटौंडा–१९ सानान्टारबाट हाँडीखोला जोड्ने पक्की पुल निर्माणको क्रममा रहेको छ ।
भुन्द्रुङ र दर्दरा जोड्ने पक्कीपुल निर्माण भएपश्चात साविक हाँडीखोलाबासीलाई थप सहज हुने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दावी गरे । यस्तै मनहरी गाउँपालिका–५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीले रजैया दर्दरा जोड्ने पुल निर्माण भएपश्चात ५ नम्बर वडाको करिब ४ हजार सर्वसाधारण लाभान्वित हुने बताए । समयमै गुणस्तरीय काम गराउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।
भुन्द्रुङ बस्तीपुर जोड्ने पक्की पुल नहुँदा ३ नम्बर वडाको हाँडीखोला, भुन्द्रुङ तथा १ र २ नम्बर वडाका सर्वसाधारण रजैया तथा पदमपोखरीको घुमाउरो बाटो प्रयोग गर्न बाध्य रहेका थिए ।
१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...
१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...
१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...
१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...
१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...
१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...
१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...
१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...
१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...