file photo
१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा पक्की पुल बन्ने भएको छ । राप्ति खोलामाथि पक्की पुलको अभावमा बर्षौंदेखि समस्या झेल्न बाध्य स्थानीय पुलको ठेक्का आव्हान भएसंगै खुसी भएका छन् ।
हेटौंडा–१९ बस्तीपुरबाट मनहरी ३ हाँडीखोला भुन्द्रुङ र मनहरी गाउँपालिका–९ रजैयाबाट ५ नम्बर वडा दर्दरा जोड्ने पुलको लागि ठेक्का आव्हान भएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले पक्की पुल निर्माणका लागि ठेक्का आव्हान गरेको हो । राजमार्गबाट नजिकै रहेर पनि हाँडीखोलाबासीले पक्की पुलको अभावमा बर्षौंदेखि समस्या झेल्न बाध्य रहेका थिए ।
तरकारी खेतीको लागि मुलुकमै प्रख्यात यस क्षेत्रका बासिन्दा पुल बन्ने खबरले निकै खुसी रहेका छन् । अहिले मनहरी गाउँपालिकाको रजैला लामिटार जोड्ने पक्की पुल सञ्चालनमा रहेको छ भने हेटौंडा–१९ सानान्टारबाट हाँडीखोला जोड्ने पक्की पुल निर्माणको क्रममा रहेको छ ।
भुन्द्रुङ र दर्दरा जोड्ने पक्कीपुल निर्माण भएपश्चात साविक हाँडीखोलाबासीलाई थप सहज हुने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दावी गरे । यस्तै मनहरी गाउँपालिका–५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीले रजैया दर्दरा जोड्ने पुल निर्माण भएपश्चात ५ नम्बर वडाको करिब ४ हजार सर्वसाधारण लाभान्वित हुने बताए । समयमै गुणस्तरीय काम गराउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।
भुन्द्रुङ बस्तीपुर जोड्ने पक्की पुल नहुँदा ३ नम्बर वडाको हाँडीखोला, भुन्द्रुङ तथा १ र २ नम्बर वडाका सर्वसाधारण रजैया तथा पदमपोखरीको घुमाउरो बाटो प्रयोग गर्न बाध्य रहेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















