१६ मंसिर, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयमा चालु आर्थिक बर्ष २०७८÷७९ मा मकवानपुरसहित ४ जिल्लाको उजुरी नै नपरेको पाइएको छ । चालु आर्थिक बर्षको मंसिर १५ गते बिहीबारसम्म मकवानपुर, रसुवा, सिन्धुली र भक्तपुर जिल्लाको कुनै उजुरी नआएको बताइएको छ ।
मानव अधिकार आयोग प्रदेश कार्यालयले बिहीबार हेटौंडामा आयोजना गरेको त्रैवार्षिक तुलनात्मक कार्य विवरण सार्वजनिक कार्यक्रममा दिइएको जानकारी अनुसार यस बर्ष काठमाडौंको ८, ललितपुरको ७, नुवाकोट र चितवनको ४÷४, सिन्धुपाल्चोकको ३, काभ्रेपलाञ्चोक, दोलखा र धादिङको २÷२ तथा रामेछापको एउटा गरी बागमती प्रदेशमा यस बर्ष ३३ वटा उजुरी परेको कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यालयमा परेका उजुरी मध्ये सबैभन्दा धेरै नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि रहेको उनले बताए । मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक बर्ष २०७६÷७७ मा ६८ वटा उजुरी परेकोमा अघिल्लो आर्थिक बर्ष २०७७÷७८ मा ९८ वटा उजुरी परेको थियो ।
आ.व. २०७६÷७७ मा ७५६ वटा, २०७७÷७८ मा ७२१ वटा र चालु आर्थिक बर्षमा ५९७ वटा विचाराधीन उजुरी रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । विशेषगरी नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, महिला अधिकार, बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्ध र आप्रवासी कामदार र तिनको परिवारको अधिकार सम्बन्धि उजुरी पर्ने गरेको पाइएको छ ।
प्राप्त उजुरीमध्ये आ.व २०७६÷७७ मा २११ वटामा अनुसन्धान गरिएको छ । यस्तै अघिल्लो आर्थिक बर्षमा १३३ र चालु आर्थिक बर्षमा १५७ वटा उजुरीमाथि अनुसन्धान गरिएको जानकारी दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगबाट कारबाहीमा भने फितलो कार्यान्वयन रहेको बागमती प्रदेश कार्यालय प्रमुख अधिकारीले स्वीकार गरे ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















