Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मानव अधिकार आयोगमा ४ जिल्लाको शून्य उजुरी

317601991_205091505272213-1669943004.jpg

१६ मंसिर, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयमा चालु आर्थिक बर्ष २०७८÷७९ मा मकवानपुरसहित ४ जिल्लाको उजुरी नै नपरेको पाइएको छ । चालु आर्थिक बर्षको मंसिर १५ गते बिहीबारसम्म मकवानपुर, रसुवा, सिन्धुली र भक्तपुर जिल्लाको कुनै उजुरी नआएको बताइएको छ ।
मानव अधिकार आयोग प्रदेश कार्यालयले बिहीबार हेटौंडामा आयोजना गरेको त्रैवार्षिक तुलनात्मक कार्य विवरण सार्वजनिक कार्यक्रममा दिइएको जानकारी अनुसार यस बर्ष काठमाडौंको ८, ललितपुरको ७, नुवाकोट र चितवनको ४÷४, सिन्धुपाल्चोकको ३, काभ्रेपलाञ्चोक, दोलखा र धादिङको २÷२ तथा रामेछापको एउटा गरी बागमती प्रदेशमा यस बर्ष ३३ वटा उजुरी परेको कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले जानकारी दिए । 
कार्यालयमा परेका उजुरी मध्ये सबैभन्दा धेरै नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि रहेको उनले बताए । मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक बर्ष २०७६÷७७ मा ६८ वटा उजुरी परेकोमा अघिल्लो आर्थिक बर्ष २०७७÷७८ मा ९८ वटा उजुरी परेको थियो । 
आ.व. २०७६÷७७ मा ७५६ वटा, २०७७÷७८ मा ७२१ वटा र चालु आर्थिक बर्षमा ५९७ वटा विचाराधीन उजुरी रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । विशेषगरी नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, महिला अधिकार, बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्ध र आप्रवासी कामदार र तिनको परिवारको अधिकार सम्बन्धि उजुरी पर्ने गरेको पाइएको छ । 
प्राप्त उजुरीमध्ये आ.व २०७६÷७७ मा २११ वटामा अनुसन्धान गरिएको छ । यस्तै अघिल्लो आर्थिक बर्षमा १३३ र चालु आर्थिक बर्षमा १५७ वटा उजुरीमाथि अनुसन्धान गरिएको जानकारी दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगबाट कारबाहीमा भने फितलो कार्यान्वयन रहेको बागमती प्रदेश कार्यालय प्रमुख अधिकारीले स्वीकार गरे ।     
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार