Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यालय शिक्षा सुधारका लागि हेटौंडा क्याम्पसको अन्तरक्रिया

हेटौंडा-क-1669976034.jpg

१६मंसिर,हेटौंडा।मकवानपुरकोहेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको जिल्लाकै सामुदायिक क्याम्पस हेटौंडा क्याम्पसमा विद्यालय शिक्षा सुधार तथा शैक्षिक संस्थाको भुमीका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। 

हेटौंडा क्याम्पसको आयोजनामा मकवानपुरका रहेका ११।१२ कक्षा  सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक,शिक्षा प्रशासक र अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो। 

क्याम्पस प्रमुख डाक्टर देव चन्द्र मानन्धर को सभाअध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक  पूर्ण बहादुर दर्जीको प्रमुख आतिथ्यता रहेको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त प्रमुख पूर्ण बहादुर दर्जीले ११।१२ पढाई हुने  सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीले घट्नुको कारण नजिक नजिक रहेका शैक्षिक संस्थामा पठनपाठन हुने विषय एकैखाले भएको बताए। 

दर्जीले विद्यालय र क्याम्पसमा विद्यार्थी घट्नुको कारण गुणस्तरीय शिक्षाको अभाव पनि हो भन्दै उच्च शिक्षा प्रदान गर्ने क्रममा वि ए  गरेका शिक्षकले पढाउने कुरामा विषय वस्तुको ज्ञान दिनसक्ने तर विएड गरेका शिक्षाले विषयवस्तु भन्दा मेथड्को ज्ञान भएको पाइएको बताए।उनले अब गुणस्तरीय शिक्षा प्रदान गर्न प्रविधिको भरपुर प्रयोग गर्न आवश्यक रहेको सुनाए ।

कार्यक्रममा जन ज्योती मावि मयुरधापका प्रधानाध्यापक भेगेन्द्र लुइँटेल, सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा,क्याम्पसका सहायक प्रमुख देवीराम लामा,हेटौंडा-३ बसामाडीमा रहेको महेन्द्र किरण माध्यमिक विद्यालय प्रधानाध्यापक तारा गौतम ,चन्द्रोदय मा विका प्रधानाध्यापक जीवराज ढकाल ,प्रगती माविका प्रअ निरन्जन ढकाल, क्याम्पसका व्यावस्थापन विभाग प्रमुख लिला ढुङ्गगेल,हेटौंडा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भूपेन्द्र कोइराला,शैक्षिक क्षेत्रमा देखिएको समस्या र शैक्षिक गुणस्तर सुधारका लागि तिन तहको सरकारले नीति बनाउदै आवश्यक समन्वय गर्नुपर्ने कुरामा जोड दिएका थिए।कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सहभागीता रहेको थियो  ।

हेटौंडा क्याम्पसले विगत ३ बर्ष अघिबाट मानविकी संकाय  र व्यवस्थापन संकयमा स्नातक तहका अध्यापन गराउदै आएको छ भने क्याम्पसले शैक्षिक सुधारकालागी जिल्लाका विभिन्न सामुदायिक विद्यालयसँग दुई पक्षीय सम्झौता( एमओयु) गर्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार