Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

जनकल्याणको साधारणसभा, २६ करोडको कारोबार, विभिन्न व्यक्ति सम्मानित

जनकल्याण-1670067842.jpg

१७ मंसिर, हेटौडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ र्औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले लेखा परिक्षण प्रतिवेदन र लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौडाका प्रमुख रामेश्वर अर्याल,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, संस्थाका सचिव रोम बहादुर न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। सहकारीमा २०७९ असार मसान्त सम्म २ हजार ७ सय १० जना शेयर सदस्यहरु रहेको र सोहि अवधिमा संस्थाले २५ करोड ९८ लाखको कारोवार गरेको छ। 

त्यसैगरी संस्थाले साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । संस्थाले सञ्चारकर्मी कपिल खड्का, ज्येष्ठ शेयर सदस्य कृष्ण नेपाल, सावित्री देवी ढुङगााना, मासिक बचतकर्र्ता रामचन्द्र सापकोटा,गोमा सापकोटा,असली कारोवारी शान्ता कुमारी डंगोल, रोम प्रसाद सापकोटा,उद्यमी ब्यवसायी सुशिला कुमारी श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठलाई पुरस्कृत गरेको छ । यसैगरि संस्थाले सदस्यता वृद्धि गर्ने कृष्ण आचार्य, संस्थापक शेयर सदस्य नवराज अर्याल, सुन्दरा अर्याल,बाल बचतकर्ता हिमाल अधिकारी, अनुसुया दाहाललाई पुरस्कृत गरेको छ । साधारणसभामा पशुपतिनाथ उपसमूह, दम्पती सम्मान र २०७८ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यहरुका छोराछोरीहरु समेतलाई पुरस्कृत गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार