१८, मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मूख्यमन्त्रीको दावी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ (२) बाट विजयी बानियाँले काठमाडौंमा पार्टीका शिर्ष नेताहरुसंग भेटेर मूख्यमन्त्रीको दावीसहित लविङ थालेका हुन् ।
यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर बागमती प्रदेश संसदीय दलका नेता समेत भईसकेका बानियाँ यसअघि नै मूख्यमन्त्री हुने सहमति भएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका राजेन्द्र पाण्डे मूख्यमन्त्री बन्ने र दोस्रो चरणमा बानियाँले चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पाण्डे सहमतिबाट पछि हटेपछि केन्द्रीय गठबन्धन जोगाउन बानियाँलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै ‘व्याक’ गराएर चुनाव पछि बन्ने गठबन्धन नेतृत्वको प्रदेश सरकारको मूख्यमन्त्री बन्ने तयारी थाल्न भनेका थिए । पछिल्लो चरणमा बानियाँले प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश सभापति एवं निवर्तमान संसदीय दलका नेताको रुपमा थाल्नुपर्ने पहल कदमीका क्रममा आफ्नो भेटघाटलाई तिब्र बनाएका छन् । भेटघाटमा उनको मूख्यमन्त्रीको दावी र कांग्रेस नेतृत्वमा बागमती प्रदेशमा सरकार गठनलाई पार्टी शिर्ष नेतृत्वहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
बागमती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टी र गठबन्धनलाई समेत मजबुद अवस्थामा पुर्याउने प्रतिवद्धताका साथ अघि बढेका बानियाँले स्थानीय तहमा कांग्रेसलाई ४८ र गठबन्धनलाई ७८ प्रतिशत जित हासिल गराउन सफल भएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससहित गठबन्धनलाई सफलता दिलाउन बानियाँले प्रदेश समितिलाई निर्वाचनमा व्यवस्थित परिचालन गरेका थिए । २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १४ गरी २२ सिट रहेको नेपाली कांग्रेसलाई गठबन्धनका सहयात्री दललाई समेत विश्वासमा लिंदै अहिलेको निर्वाचनमा बानियाँले बागमती प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो दल बनाएका छन् । अहिले नेपाली कांग्रेसले बागमती प्रदेशमा प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने दोलखामा मतगणना जारी रहँदा कांग्रेसले थप सिट जित्ने सम्भावना छ । समानुपातिकतर्फ पनि कांग्रेसले १२ सिट ल्याउने देखिन्छ । निर्वाचनपछिको बागमती प्रदेशसभामा कांग्रेस अघिल्लो प्रदेशसभामा भन्दा करिब दोब्बर सिटसहित पहिलो दल बन्ने भएको छ ।
प्रदेशसभामा अहिलेको नयाँ अंकगणित र यसअघिको सहमतिलाई निरन्तरता दिंदा बानियाँले मूख्यमन्त्रीमा दावि गर्नु स्वभाविक रहेको छ । बानियाँले यसअघि २०७० सालमा पहिलो पटक नेपाली कांग्रेसलाई मकवानपुरबाट विजय यात्राको शुरुवात गराएका थिए । त्यसपछि संविधानसभा सदस्य, गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति भई मकवानपुरमा कांग्रेसलाई चलायमान बनाउन सफल बानियाँ प्रदेश सभापति भएपछि प्रदेशभर कांग्रेसलाई क्रियाशिल बनाईरहेका छन् । बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीलाई पनि बानियाँले प्रभावकारी ढंगले संचालन गरेको उनका सहकर्मी सांसदहरुको भनाई छ । आफु प्रतिपक्षमा रहँदा रचनात्मक ढंगले सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गरेका बानियाँले गठबन्धन सरकारलाई समेत समावेशी बनाएका थिए ।
चेपाङ समुदायबाट पहिलो पटक सन्तबहादुर चेपाङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएपछि बानियाँको ‘समावेशी छवि’ सबैमाझ बाहिर आयो । सपथग्रहणका क्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले समेत मन्त्रीमण्डलमा चेपाङ समुदायको प्रतिनिधित्वले समावेशितामा बल पुगेको भन्दै प्रशंसा गरेका थिए । गठबन्धन सरकारमा कांग्रेसबाट संसदीय दलका उपनेता कृष्णलाल भडेल भौतिक पूर्वाधार विकास मन्त्री, ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारणमन्त्री, जनजातिबाट स्वास्थ्यमन्त्री निमा लामा, नेवार समुदायको प्रतिनिधित्व गर्दै संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र दलित एवं महिलाबाट कल्पना नेपाली र द्वन्दपीडिततर्फबाट रजनी जोन्छे उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए । बानियाँले आफु संसदीय दलको नेता हुँदा प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङदोर्जे लामा, सचिवमा निमा लामा, प्रवक्तामा प्रभात तामाङ र न्हुछेनारायण श्रेष्ठलाई संसदको सार्वजनिक लेखा समिति सभापति बनाएका थिए ।
नेपाली कांग्रेसलाई सामाजिक हितका काममा जोड्दै लगेका बानियाँले जाडोमा न्यानो कपडा होस् वा कोरोनामा खाद्यान्न बाँडेर जनस्तरमा कांग्रेसप्रति भरोसा बढाउँदै लगेका छन् । सिन्धुलीमा हात्ति प्रभावित परिवारलाई राहत वितरण, चेपाङ समुदायलाई न्यानो कपडा, विद्यार्थीलाई विद्यालय पोशाक, कोभिड प्रभावित मजदुर एवं विपन्न समुदायलाई राहत वितरणमा पनि आफ्नो व्यक्तिगत खर्च र प्रदेश कार्यसमितिलाई परिचालन गरेर कांग्रेसलाई जनताको मनमा पुर्याउने काम गरेका छन् ।
बागमती प्रदेशको प्रदेशसभामा पछिल्लो अंकगणित, यसअघि गठबन्धनको सहमतिको निरन्तरता, संसदीय अनुभव, गठबन्धनका सहयात्री दल र संसदका विपक्षी दललाई समेत समन्वय गर्न क्षमता, जनतामा उनी प्रतिको भरोसा र विश्वास लगायतका कारण बानियाँलाई मूख्यमन्त्री बनाउनुपर्ने आवाज बलियो बनेको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















