१८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार भएको भन्दै आधारहीन कुरामा विश्वास नगर्न पार्टी र गठबन्धका नेता कार्यकर्तामा आग्रह गरेको हो ।
विशेष गरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीमाथि गठबन्धन दल र पार्टीबाटै अन्तरघात भएको भनी आधारहीन प्रचार गरिएको पार्टीले जनाएको छ । ‘हामी सबै पार्टी र गठबन्धनका उम्मेदवार जिताउन प्रतिवद्ध भएर लागेका थियौं । सबैकोप्रयास हुँदा हुँदै पनि उहाँहरुको पराजय भयो, हामी दुखित छौं ।’ पार्टी जिल्ला सभापति बुद्ध लामाले भने ‘तर, केही माध्यमहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुकै नाम लिएर अन्तरघात गरियो भनेर कुप्रचार गरियो । पार्टी र गठबन्धनभित्र निर्वाचनको समीक्षा हुनै बाँकी छ, यदि कतै कसैले कमजोरी गरेको रहेछ भने हामी त्यसपछि के गर्नुपर्छ हामी गर्छौं ।’
पार्टीका उम्मेद्वारहरुको पराजयका सम्बन्धमा भएको प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुर एवम् नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति, बागमती प्रदेश सभापति लगायत जिल्ला तहका नेताहरु गठबन्धनको मर्म÷भावना अनुसारका क्रियाकलापहरुमा संलग्न भएको पार्टी जिल्ला प्रवक्ता अर्जुन चौलागाईले प्रष्ट पारे ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















