Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्षमा अधिकारीको  उम्मेदवारी

106899522_278131251210153-1670159663.jpg

१८ मंसिर, हेटौंडा । बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बसामाडी जेसीजको बर्ष सन् २०१९ का अध्यक्ष रहेका उनले २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।
यही पुष ७ गतेबाट छिमेकी जिल्ला पर्साको बीरगञ्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले जानकारी दिए । हाल नेपाल जेसीजको नोम इडिटर पदमा रहेका उनले आन्तरिक भेटघाट तथा चुनावी अभियानलाई तीव्रता दिएका छन् । 
बीरगञ्ज जेसीजको आतिथ्यतामा ४९ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । अघिल्लो पटक पनि राष्ट्रिय उपाध्यक्षको उम्मेदवार रहेका अधिकारी झिनो मतान्तरले पराजित भएका थिए । यसपटक चुनावी अभियानलाई तीव्रता दिएको बताउँदै अधिकारीले सबैबाट सकारात्मक सहयोग पाइरहेकोले आफुले जित्नेमा ढुक्क रहेको दावी गरे ।
नेपाल जेसीज र शाखाको बीचमा समन्वय गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै जेसीजमा युवाहरुको सक्रियता बढाउनका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए । 
नेपाल जेसीजको नेतृत्वका लागि अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्ष पदमा १० जना र उपाध्यक्ष पदमा १९ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनले एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार