Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

समानुपातिक सांसदको सूची बुझाउन तीन दिनको समय

ElectionCommission-1670336707.jpg

२० मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फका सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय दिएको छ ।
समानुपातिकबाट दलहरुले पाउने सांसद संख्या र क्लष्टर छुट्याएर नाम पठाउनका लागि आयोगले दलहरुलाई पत्र पठाउने तयारी गरेको हो। त्यसका लागि अहिले आयोगको बैठक बसिरहेको छ। तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका दलहरुले मात्रै समानुपातिक सांसद पाउने छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्रै तीन प्रतिशत मत कटाएका छन्।
प्रतिनिधिसभा समानुपातिकतर्फको ११० सिट अब सात दलमा समानुपातिक मतका आधारमा विभाजन हुनेछ। जसअनुसार नेकपा एमालेले ३३, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १४/१४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट पाउने देखिएको छ। अन्तिम परिणाम आउँदा यो संख्यामा केही तलमाथि हुनसक्छ।
दलहरुले समानुपातिकतर्फका सांसदको नाम पठाइसकेपछि आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछ । अहिले प्रतिवेदन लेखनको काम पनि भइरहेको र मंसिर २७ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जानकारी दिएको छ । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार