२१ मंसिर, हेटौंडा । अफ्रिकन राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ ।
एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके ।
पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए ।
पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । पूर्व विजेता स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...
१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...
१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...
१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...
१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...
१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...
१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...
१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...
१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...