२२ मंसिर,हेटौंडा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौडामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ।
१६ दिने अभियान अन्तर्गत बिहीबार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फ्री मिडिया नेटवर्कले संयुक्त रुपमा सञ्चारकर्मी र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रमको सभाध्यक्षता महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले गरेका थिए भने तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले सञ्चारमाध्यमले लैंगिक हिंसाका विषयवस्तुलाई समेटी समाचार प्रकाशित गर्दै आम नागरिकलाई हिंसा विरुद्ध आवाज उठाउन सञ्चार जगतको भुमिका महत्वपूर्ण हुने बताइन।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले आफ्ना कार्यक्रमको बिषयवस्तु माथि आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममापत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुर पुर्व अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य,हरि हुमागाई,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, माइती नेपालका प्रमुख माया लामा, हेटौंडा उपमहानगरकी कार्यपालिका सदस्य ईश्वरी रसाइली,, फ्री मिडिया नेटवर्कका प्रतिनिधि, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार संगठनका अध्यक्षहरु पत्रकार, प्रहरीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा १९ गते महिला अधिकारकर्मी र महिला पत्रकार बिच भएको मैत्रीपूर्ण फुटसलका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो।
१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...
१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...
१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...
१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...
१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...
१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...
१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...
१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...
१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...