Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लैंगिक हिंसा नियन्त्रणमा मकवानपुरका पत्रकारसँग अन्तरक्रिया

Nsu-karyakram-1670499986.jpg

२२ मंसिर,हेटौंडा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौडामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ। 

१६ दिने अभियान अन्तर्गत बिहीबार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो ।  नेपाल पत्रकार महासंघ मकवानपुर शाखा  र फ्री मिडिया नेटवर्कले  संयुक्त रुपमा सञ्चारकर्मी र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। 

कार्यक्रमको सभाध्यक्षता महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले गरेका थिए भने  तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले सञ्चारमाध्यमले लैंगिक हिंसाका विषयवस्तुलाई समेटी समाचार प्रकाशित गर्दै आम नागरिकलाई हिंसा विरुद्ध आवाज उठाउन सञ्चार जगतको भुमिका महत्वपूर्ण हुने बताइन। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले आफ्ना कार्यक्रमको बिषयवस्तु माथि आ-आफ्नो धारणा राखेका थिए। 

कार्यक्रममापत्रकार महासंघ  बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुर पुर्व अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य,हरि हुमागाई,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, माइती नेपालका प्रमुख माया लामा, हेटौंडा उपमहानगरकी कार्यपालिका सदस्य ईश्वरी रसाइली,, फ्री मिडिया नेटवर्कका प्रतिनिधि, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार संगठनका अध्यक्षहरु पत्रकार, प्रहरीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा १९ गते  महिला अधिकारकर्मी र महिला पत्रकार बिच भएको मैत्रीपूर्ण फुटसलका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो।

Futs-1670499988.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार