२४ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा छलफल नै नगरी आफुलाई मात्रै चोख्याउन महासचिव कृष्ण सारु मगरले विज्ञप्ति जारी गरेको प्रति प्रदेशका उपाध्यक्ष रुपेश दुलालले असन्तुष्टी व्यक्त गरेका छन् ।
दुलालले शनिबार विज्ञप्ति जारी गर्दै मंसिर २०७९ मंसिर १८ गते हेटौंडा–२ स्थित पल्पसा सदनमा भएको घटना र त्यसपछिको घटनाक्रमका बारेमा संस्थागत रुपमा कुनै छलफल नगरी आफुलाई मात्रै चोख्याउन महासचिव मगरले एकपक्षीय रुपमा महासंघको नाम जोडेर विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । विज्ञप्तिमा सम्पूर्ण घटनाक्रममा महासचिव मगर जोडिएको बताउँदै चौतर्फी दवाव आएको भन्दै आफुलाई मात्रै घटनाबाट अलग देखाउन महासंघ प्रदेश कार्यसमितिसंग छलफल बिनै विज्ञप्ति जारी गरिएकोमा दुलालले आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा ‘महासंघ प्रदेश समितिका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष, २ जना उपाध्यक्ष मकवानपुरमै रहेको अवस्थामा हामीसंग वा प्रदेश समितिमा यसबारे कुनै छलफल नै नगरी, यसअघि छलफलमा सहभागीहरुसंग पुनः छलफल समेत नगरी महासचिव ज्यूले गुपचुप रुपमा विज्ञप्ति जारी गर्दै आफुलाई मात्रै घटनाबाट अलग रहेको देखाउन खोज्नु भएको प्रति मेरो आपत्ति छ । यसले घटनाको दोष प्रभावित दुई पत्रकारमाथि मात्रै लगाएर थप पिडा दिएको महसुस भएको छ । घटनामा आफु संलग्न रहेको भन्दै यसअघि विज्ञप्ति जारी गर्न आनाकानी गर्ने, सम्बन्धित निकायमा सहमति गर्ने क्रममा प्रत्यक्ष संलग्न हुने तर पछि आफुमाथि चौतर्फी दवाव आएको भन्दै सम्पूर्ण विषयलाई वेवास्ता गर्दै प्रदेश कार्यसमितिमा कुनै छलफल नगरी एक पक्षीय ढंगले कार्यसमितिलाई वेवास्ता गर्दै विज्ञप्ति जारी गर्नु महासंघ प्रदेश समितिको पदीय मर्यादाको दुरुपयोगको रुपमा लिएको अवगत गराउँछु ।’ भनिएको छ ।
उनले पत्रकारमाथि हुने सबै खाले दुर्व्यवहार निन्दनीय भएको र यसलाई सबै मिलेर न्यूनिकरण गर्न सम्बन्धित पक्षलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिंदै आफु केन्द्रित रही व्यक्तिलाई चोख्याउन महासंघ प्रदेश समितिको नाम जोडेर विज्ञप्ति जारी गर्दै घटनामा प्रभावित पत्रकारको उपचार र घटनाबारे साझा दृष्टिकोण बनाउने बारे वेवास्ता नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ध्यानाकर्षण गराएका छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















