Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको बर्षिक भेला,पत्रकार सहित ७ जना सम्मानित

20221210_140331-1670679477.jpg

२४ मंसीर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालु आव २०७९।०८० को लागि ४९ लाखको अनुमानित आयव्यय विवरण, लेखा संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले आर्थिक वर्ष २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।साधारणसभामा वन समूहलाई सहयोग गर्ने र समूहको गतिविधिलाई प्रकाशन गर्ने एक पत्रकार सहित ७ जनालाई सम्मान गरिएको छ। 

कार्यक्रममा सिधा खवर डटकमका सम्पादक श्रीराम दाहाल, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, ज्येष्ठ उपभेक्ता मिठुदेवी रिमाल, गणेश बहादुर घिसिङ, उत्कृष्ठ विद्यार्थीमा अस्मिता चौलागाई र विनायक भट्टराईलाई पुरस्कृत गरिएको हो।साधारणसभामा हेटौडा–६ का कार्यवाहक वडाअध्यक्ष विजय पौडेल, वडा सदस्य सरिता सापकोटा, निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, समुहका सल्लाहकार कृष्ण बिडारी, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रमिक साना किसान सहकारीका अध्यक्ष निर्मला लम्साल, समूहका उपाध्यक्ष केशव धिताल लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए।१३४ हेक्टर क्षेत्रफलमा फैलिएको समूहमा ८ सय ५० घरधुरी आवद्ध रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार