Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मेयर लामा गर्भवती भेट्न पौष्टिक आहार बोकेर नकौली पुगिन

1670919962877-1670925563.jpg

२७ मंसिर,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गरिरहेकी  गर्भवती महिलाहरुलाई भेटन् हेटौंडा-१ नकौली पुगेकी छिन् ।

तिन बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशील कार्यक्रम’ को कोशेली बोकेर नगरप्रमुख लामा हेटौडा-१ को गाउँ नकौली पुगेकी हुन् । गाउँमा रहेर गर्भवती अवस्थामा अपनाउनु पर्ने सुरक्षा र खानपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्य सहित उनि नकौली गएकी हुन् । नकौली स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दिर्दै आफु र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गरेकी थिइन ।

स्वास्थ्य संस्थामा गर्व जाँच गराउन पुगेका गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काँचो बदाम, मण्डा, दाल सहित न्यानो कपडा हस्तान्तरण गरिन् । सामग्री हस्तान्तरण गर्दै लामाले बच्चा गर्भमा रहेकै भरमा आफुलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न सुझाब दिँदै गाउँमा रहँदा परेका समस्याका बारेमा जानकारी दिए आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

उनले  नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पुर्वाधार निर्माणमा उपमहानगर लागिरहेको उनले बताइन् । खानेपानीको अभावका कारण महिनामा एक पटक मात्र सेवा दिँदै आएको चौकीबाट नियमित सेवा प्रदान गर्नका लागि चाँडै काम सुरु गर्ने जानकारी दिइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पुर्वाधार सम्पन्न स्वास्थ्य चौकी चाँडै सञ्चालन हुने उनले बताइन् ।

उपमहानगर भएर पनि सडक सुविधाबाट समस्यामा रहेका नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्नका लागि केन्द्र सरकारले ९७ लाख रुपियाँ बजेट दिएको भन्दै अब चाडै सडकको काम हुने बताइन् । सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा– १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईलि, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जन स्वास्थ्य अधिकृत भोला चौलागाईको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार