२७ मंसिर,हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको इन्द्रसरोबरमा भएको घटनाको अभियुक्तलाई सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले हत्यामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका वाइवाले अनुसन्धानका क्रममा सरस्वतीलाई हत्या गरेको स्वीकार गरेको बताएका थिए।
"हामी थप अनुसन्धानमै छौ,अन्य कोही संलग्न छन् की भनेर सूक्ष्म अध्ययन गरिरहेका छौ"- प्रहरी नायब उपरीक्षक कार्कीले पत्रकार सम्मेलनमा भने।
गत २५ गते आइबार बिहान मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एकजना महिलाको शव फेला परेको थियो।शब एकहप्ता अघि हराएको भनिएकी सोही स्थानकी ३६ बर्षीय सरस्वती वाइबाको रहेको पुष्टि भइसकेको छ।
शुक्रबार वाइवाका श्रीमान विरबहादुरले श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यलय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटो सहित निदेवन दिएका थिए । विरबहादुर वाइवाले आफैले खोज्ने क्रममा हिजो शनिवार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। शव स्थानीय ठुलोकान्छा वाईबाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि श्रीमान विहरबहादुरले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयार पारी अनुसन्धान थालेको थियो। प्रहरीले रोजलाई आवश्यक अनुसन्धानका लागि आइतबारनै नियन्त्रणमा लिएको थियो।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















