Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुग्लिन नारायणगढ सडकखण्ड दिउँसो ४ घण्टा बन्द हुने

QJliKz2q3l3YATELey0wPgyM9-1670992835.jpg

फाइल फोटो

२८ मंसिर,भरतपुर। मुग्लिन - नारायणगढ सडक खण्डमा पुस ५ गतेबाट दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा  पुल निर्माणका लागि पुस ५ गतेबाट बिहान ११ बजेबाट ३ बजेसम्म दैनिक ४ घण्ट सवारी आगमन बन्द हुने भएको हो। 

जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ।भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको चितवनका प्रजिअ आस्मान तामाङले बताएका छन्। 

नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ। यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने  प्रजिअ तामाङले बताए। 

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय समेत भएको प्रजिअ तामाले जनाए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार