२ पुस,हेटौंडा। हेटौडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार सम्पन्न भएको भेलामा संस्थाकी कार्यवाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षता रहेको थियो भने कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो।
साधारणसभामा संस्थाकी कार्यवहाक अध्यक्ष राधिका गौतमले संस्थागत प्रतिवेदन, सचिव देव कुमारी डंगोलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ढकालले आर्थिक प्रतिवेदन, लेखा सदस्य श्रीदेवी दुलालले लेखा समितिको प्रतिवेदन र ऋण समिति सदस्य सविना गुरुङले ऋण उपसमितिको प्रतिवेदन र ब्यवस्थापक मोद कुमारी दहालले चालु आव २०७९।०८० को लागि २ करोड ७४ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
सभामा ज्येष्ठ सदस्य हिरादेवी श्रेष्ठ, नियमित बचतकर्ता सृष्टि विक. असली कारोवारी धनमाया राई, बाल बचतमा सलमी रम्तेललाई पुरस्कृत गरिएको थियो । यसैगरी संस्थाको विकासमा सहयोग गर्ने पवित्रा अर्याल, कमला श्रेष्ठ, चण्डीका ढकाल र ज्ञानिन्द्र अर्याललाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडाअध्यक्ष विजय पौडेल, नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, नारीचेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल,सचिव शान्ति लामा, कोषाध्यक्ष कल्पना बस्नेत, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका सचिव नानीमाया रुम्वा, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















