३ पुस,हेटौंडा । मकवानपुर र सिन्धुलीका साहित्य सर्जकहरूको सामुहिक साहित्यिक वनभोज कार्यक्रमको आयोजन गरिएको छ।दुवै जिल्लाको सीमाना बागमती किनारमा आयोजित सिन्धुली-मकवानपुर साहित्यिक संगम कार्यक्रममा सर्जक भुपिनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुरका साहित्यिक संस्थाहरू सर्जक सञ्जालका संयोजक निमेष निखिल, लेखक संघका अध्यक्ष छवि अनित्य, सिस्नुपानीका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्चका डिबी बर्तौला, गजल मञ्चका अध्यक्ष केशव समर्पण, प्रलेस केन्द्रिय सदस्य तथा झरना साहित्यिक परिवारका सचिव मसान उपासक तथा अग्रज सर्जकहरू जनार्दन खनाल, रमेशमोहन अधिकारी, ओमभक्त भण्डारी, युवापुस्ताका सानु खनाल, विश्व राई, स्वस्तिका दाहाल, मेनु तिमल्सिना, शुभद्रा हुमागाईँ, सुवास सजल, लक्ष्मण पौडेल, देव दुलाल लगायत र सिन्धुलीका साहित्य सर्जकहरू तुलसी ढकाल, प्रशिद्धा शर्मा तथा युवापुस्ताका लोकेन्द्र डहरे, बिर्ख वाइबा, धनमाया राई, अस्मिता दाहाल, विन्दा दाहाल, रचना तिमल्सिना, आयुष्माका देवकोटा, राजन बास्तोला गरी कूल ७० जनाको सहभागिता रहेको थियो । सबैजसो सर्जकहरूले आफ्ना विविध साहित्य सिर्जना सुनाएका थिए।
सो कार्यक्रममा गजल मञ्च मकवानपुरको नियमित गजल सन्ध्या कार्यक्रम पनि सम्पन्न भएको छ। गजलको सो सेसनको कार्यक्रम मञ्चका सचिव हरि पौडेलले सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष केशव समर्पणले फरक जिल्लाका सर्जकहरूको समेत सक्रिय सहभागिताले खुशी तुल्याएको बताए।
सिस्नुपानी मकवानपुरबाट सहभागीहरूले हास्यव्यङ्ग्य रचना, गजल मञ्चतर्फबाट सहभागीहरूले विभिन्न गजल, मुक्तक मञ्चतर्फका सहभागीहरूले विभिन्न मुक्तक लगायत सहभागीहरूले लामा छोटा गद्य तथा पद्य कविताहरू वाचन गरेका थिए।
कार्यक्रममा कवि, गजलकार, गायक पुरुषोत्तम आचार्यले आफ्नो गीत घाम त लाग्यो गाउनु भयो भने लोकदोहरी गायन, नाच, सामुहिक भोजन रहेको थियो । कार्यक्रमले दुई जिल्लाका सर्जकहरूबीचमा चिनजान र साहित्यक भलाकुसारीका कारण यस वनभोज कार्यक्रम सफल साबित भएको सर्जक निमेष निखिलले बताए।
मकवानपुर-सिन्धुली साहित्य संगमको विविध साहित्यिक कार्यक्रम आयोजना तथा निरन्तरताका लागि खडानन्द तिमल्सिना र विश्वनाथ सञ्जेलको संयोजकत्वमा तदर्थ समिति गठन समेत गरिएको छ। कार्यक्रममा सहभागिताका लागि मकवानपुरतर्फबाट झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल तथा सिन्धुलीका तर्फबाट खडानन्द तिमल्सिनाले संयोजन गर्नु भएको हो भने दिनभरको औपचारिक कार्यक्रम विश्वनाथ सञ्जेलले सहजीकरण गरेका थिए।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















