४ पुस,हेटौंडा। हेटौंडा-७ मा रहेको तासिर ईग्लिस सकेन्डरी स्कुलको आयोजना तथा विद्यालयका संस्थापक राजन थापाको पिता स्वर्गीय रण बहादुर थापाको बर्षीक पुण्यतिथीको अवसरमा आयोजित रण बहादुर थापा मेमोरियल हाजिरजवाफ प्रतियोगिताको उपाधी हात हेटौंडा-५ मा रहेको जि एस निकेतनले हात परेको छ ।
स्वर्गीय थापाको चौथो पुण्यतिथीमा आयोजीत प्रतियोगितामा हेटौंडानगरका ३० विद्यालयलाई पछि पर्दै जि एसले रण बहादुर थापा मेमोरियल हाजिरजवाफ प्रतियोगिताको उपाधी हात पारेको हो।विद्यालय व्यवस्थापनका अध्यक्ष मिठ्ठे बहादुर कार्कीको सभाध्यक्षता सम्पन्न प्रतियोगिताको प्रमुख अतिथी हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतम रहेका थिए।
प्रतियोगितामा जि एस निकेतनले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय स्थान तुल्सी मेयर मेमोरियल बोर्डिङ स्कुल बन्न सफल भएको छ। त्यसैगरी नबोदय शिशु सदनले तेस्रो स्थान हासिल गरेको छ। प्रथम हुने जि एस,दोस्रो हुने तुल्सी मेयर र तेस्रो हुने नबोदय शिशु सदनले क्रमश नगद १० हजार,७ हजार ५ सय र ५ हजार सहित मेडल,प्रमाणपत्र र सिल्ड प्राप्त गरेका छन। प्रतियोगिताको विजेता बनेकालाई प्रमुख अतिथी वडाअध्यक्ष गौतम र स्वर्गीय रण बहादुर थापाकी धर्मपत्नी थापले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा स्वर्गीय थापाकी श्रीमती निर कुमारी थापा, हेटौंडा बचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेत,चिसापानी न्युरेनी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, नवज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर थापा, विद्यालयका प्रधानाध्यापक विनोद थपलिया,विद्यालयका संस्थापक अध्यक्ष राजन थापा लगायतको उपस्थित रहेको थियो।
जिल्लामै पहिलो पटक डिजिटल प्रविधीबाट आयोजना गरिएको प्रतियोगितामा हेटौंडानगरका निजी तथा सामुदायिक गरि ३१ वटा विद्यालयको सहभागीता रहेको थियो। हेटौंडा-७ का पुर्व वडाअध्यक्ष समेत रहेका विद्यालयका स्थापक राजन थापाले आफ्नो बाबुको पुण्यतिथीको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरिदै आएको बताए।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















