Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पेट्रोलियम पदार्थको मूल्य घटाउन युवाहरुको माग

Abhiuan-ka-yuba-1671581602.jpg

६ पुस, हेटौंडा । हामी बाँच्न चाहान्छौं अभियानका युवाहरुले नेपालीको गाँस, बास र कपास जस्ता न्युनतम आधारभूत आवस्यकतामा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । 
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानमा आवद्ध युवाहरुले गाँस, बास, कपास, स्वास्थ्य र शिक्षालाई नेपालको संविधानले नै मौलिक अधिकारको रुपमा मानेको उल्लेख गर्दै यी चिजको ग्यारेन्ट गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । 
पत्रकार सम्मेलनमा अभियानका तर्फबाट बोल्दै हेटौंडा ५ का युवा दिनेश फुयाँलले हाल बजारमा खाद्य वस्तु लगायत मानिसको दैनिक गुजारा गर्न अति आवस्यक वस्तुहरुको मूल्य अत्यधिक वृद्धि भएकोले धेरैले कष्टकर जीवन भोग्न बाध्य भएको बताए । 
उनले अहिले बजारमा देखिएको मूल्यबृद्धिको विभिन्न कारणहरुमध्ये प्रमुख कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले सरकारले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नुपर्ने माग गरे । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिलाई बाहान बनाउँदै व्यापारीअरुले अप्राकृतिक ढंगले मूल्यवृद्धि गर्ने गरेको दावी गर्दै नियमित बजार अनुगमन र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए ।
 ‘पेट्रोलियक पदार्थको मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय कारण बताईन्छ । तर त्यसमा लगाउँने कर त सरकारले निर्धारण गर्ने हो नि । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ । जनतालाई राहात दिनु सरकारको कर्तव्य हो ।’ उनले भने । 
पेट्रोलियम पदार्थको मूल्य बृद्धिकै कारण जनताले अन्य उपाभोग्य पदार्थको मूल्यबृद्धि खप्नु परिरहेको उनीहरुको तर्क छ । पेट्रोलिय पदार्थ ढुवानी देखि वितरणसम्मका चरणमा भ्रष्टाचार र चुहावट हुने गरेकाले त्यसतर्फ पनि सरकारको ध्यान पुग्नुपर्ने अभियानकर्मीहरुको माग छ । 
अभियानमा फुयाँलसँगै हेटौंडा ४ का विकास बानियाँ, ६ का राजकुमार बास्तोला, ९ का अमित श्रेष्ठ, सुदिप बर्तौला, दिपेश खड्गी, शिब थापा, सागर सापकोटा, नन्दलाल दास, विनोद पुडासैनी, कृष्णहरी खतिवडा, कपिल अर्याल, द्रोणाचार्य दाहाल सुवास लगाएतका युवाहरुको सहभागीता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार