Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उम्मेदवार लामिछाने मन्थली र ठिङ्गनको   घरदैलोमा 

thingan-dharma-laimichhan-1510920877.jpg

१ मंसिर , हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया  गाउँपालिका १० मन्थली र वडा नम्बर ११  ठिङ्गनको घ्याम्पे, सिमातमा  घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा का उम्मेदवार धर्म लामिछाने र  प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकलको आतिथ्यतामा घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न  भएको हो । 
मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा १ का उम्मेदवार धर्मराज लामिछानेले ठिंगन र मन्थली क्षेत्रको विकासका लागि नेपाली कांग्रेसले गरेको विकासबाट जनता उत्साही भएको बताएका छन् । 
मन्थलीमा भएको चुनावी सभामा बोल्दै उम्मेदवार लामिछानेले बर्षौ कम्युनिष्टहरुले जित्दा बनाउन नसकेको शिखरपुर मन्थली सडक नेपाली कांग्रेसले विजय हासिल गरेपनि बनेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा विगतमा सहयोग गरेको बताए ।  उनले  विकास गर्नको लागि आफु  प्रदेशसभाको लागि १ नम्बर क्षेत्रमा आएको र यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।  
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका  सहसंयोजक नबराज विष्ट, राप्रपाका जिल्ला सदस्य शालिकराम लामिछाने, नेपाली कांग्रेसकी नेतृ रीता खनाल, इन्दिरा न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार