Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडालाई सुन्दर नगरी बनाउन मेयर लामाको जोड

1671707124970-1671718682.jpg

७ पुस,हेटौंडा।  हेटौंडालाई थप सुन्दर र आक्रर्षक शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले जोड दिएकी छन् । नियमित उपमहानगरक्षेत्रमा सरसफाई, बृक्षारोपण सहित पार्क निमाणले शहरको सुन्दरता बढाउने बिश्वासका साथ उनले कामलाई अघि बढाएकी छन् । 

‘हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगरक्षेत्रमा रहेका टोलबिकास सस्था र संघसस्था मार्फत नगरको सुन्दरतामा जोड दिएकी नगर प्रमुख लामाले मंगलबार हेटौंडा–११ पुर्वपश्चिम राजमार्ग राप्ती पुलपारी बुद्ध पार्क अगाडि बिभिन्न प्रजातीका बिरुवा रोपेकी छन् । नगरप्रमुख लामा सहित पत्रकार महासंघ बागतमी प्रदेशका सस्थापक अध्यक्ष प्रताप बिष्ट, समाजवेवी शिद्धीलाल श्रेष्ठले २ सय १५ बिरुवा रोपेका थिए ।

बाहिरबाट हेटौंडा आउँने पर्यटक तथा हेटौंडा हुँदै राजमार्गमा हिड्नेका लागि हरीयो र सुन्दर देखाउनका उपमहानगरले कल्की, बृगमबेली, गुल्मोहर, निलकाडाँडा, पाम सहितका बिरुवा राप्ती किनार क्षेत्रको माथिल्लो भागमा रोपेको हो । राजमार्ग क्षेत्रको राप्तिपुल पारी सडक किनारमा गरिएको बृक्षारोपणमा स्थानिय सिमलटार टोलबिकास सस्थाका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको बिरुवाको पनि संरक्षण हुने नगरप्रमुख लामाले बताइन् । 

नगरप्रमुखमा निर्वाचित भएपश्चात हरीत शरहसँगै सफा अभियान पनि सञ्चालन गर्न जोड दिर्दै आएकी नगरप्रमुख लामाले बजारलाई व्यवस्थित बनाउँनका लागि कार्यदल बनाएर काम गरीरहेको बताइन्। मेयर लामाले शहरलाई सुन्दर र व्यवपस्थित देखाउनका लागि  खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासिलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको बताइन् ।

बाह्य जिल्लाबाट उपमहानगरपालिका क्षेत्र आउने मानिसहरु लाई आक्रषक शहरको रुपमा देखाउनका लागि सञ्चालन गरीएको ‘हेटौंडा सफ अभियान’ हरेक शनिवार टोल बिकास सस्थाको अगुवाईमा सञ्चालन भैरहेको उनले बताइन् । हामिले सञ्चालन गरेको अभियानलाई नगरवासीले मनपराएर नियमित रुपमा अभियान चलाईरहेको उनले बताइन् । अब नगरक्षेत्र प्रवेशको संकेत दिनका लागि थप नयाँ कामको योजना बनाएर अघि बढ्ने तयारीमा रहेका उनले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार