२ मंसिर, हेटौडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वेश्वरप्रसाद र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न एमालेसँग मिलेर चुनाव लडेको भन्नु हास्यास्पद भएको बताउँनुभयो ।
थापाले लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा हेटौँडा ५ मा आयोजीत कोण सभालाई सम्बोधन गर्दै साम्यवादीहरुले लोकतन्त्रबादीहरुको सपना पुरा गर्छु भन्नु सरासर झुठ भएको दावी गरे । उनले मकवानपुरे जनताको विकासको चाहाना लोकतन्त्रवादीहरुले मात्र गर्न सक्छ भन्ने कुरा पुष्टि भैसकेको बताए । थापाले विगतमा कम्युनिष्टहरुले जित्दा र लोकतन्त्रवादीहरुले जित्दा भएको विकासको गतिविधिलाई मतदाताले मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
सभामा बोल्दै प्रतिनिधि सभा १ को प्रदेश सभा १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको विजयले जनाताका बर्षौ देखिका अधुरा सपना पुरा हुने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्ने बेला आएको बताउँदै मतदातालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरे । संयुक्त प्रचार प्रसार संयोजक यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कोण सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कोण सभापछि उम्मेदवार थापा र शाक्यको नेतृत्वमा हेटौँडा ५ सिंचाइटोल, सानोपोखरा, राईटोल लगाएतका क्षेत्रमा घरदैलो समेत गरेको छ ।
लोकतान्त्रिक गठबन्धन पक्षमा मतम माग्दै उम्मेदवार द्धय थापा र शाक्य
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















