Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

साम्यवादीहरुले विपि र जिपिको सपना पुरा गर्छु भन्नु हास्यास्पदः थापा 

2-mansir-kamal-thapa-1510979660.jpg

२ मंसिर, हेटौडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वेश्वरप्रसाद र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न एमालेसँग मिलेर चुनाव लडेको भन्नु हास्यास्पद भएको बताउँनुभयो ।

थापाले लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा हेटौँडा ५ मा आयोजीत कोण सभालाई सम्बोधन गर्दै साम्यवादीहरुले लोकतन्त्रबादीहरुको सपना पुरा गर्छु भन्नु सरासर झुठ भएको दावी गरे । उनले मकवानपुरे जनताको विकासको चाहाना लोकतन्त्रवादीहरुले मात्र गर्न सक्छ भन्ने कुरा पुष्टि भैसकेको बताए । थापाले विगतमा कम्युनिष्टहरुले जित्दा र लोकतन्त्रवादीहरुले जित्दा भएको विकासको गतिविधिलाई मतदाताले मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

सभामा बोल्दै प्रतिनिधि सभा १ को प्रदेश सभा १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको विजयले जनाताका बर्षौ देखिका अधुरा सपना पुरा हुने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्ने बेला आएको बताउँदै मतदातालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरे । संयुक्त प्रचार प्रसार संयोजक  यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कोण सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कोण सभापछि उम्मेदवार थापा र शाक्यको नेतृत्वमा हेटौँडा ५ सिंचाइटोल, सानोपोखरा, राईटोल लगाएतका क्षेत्रमा घरदैलो समेत गरेको छ ।

mat-magdai-ghatbandan-2-m-1510979660.jpg

लोकतान्त्रिक गठबन्धन पक्षमा मतम माग्दै उम्मेदवार द्धय थापा र शाक्य


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार