Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

माघ ८ गते ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम हुने

321933710_333765212650359-1672294289.jpg

१४ पुस, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर तामाङ कलाकार संघको आयोजनामा यहि माघ ८ गते सोनाम ल्होछारको अवसरमा ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । 
२८५९ औं ह्योयी तावार ल्हो (खरायो वर्ष) सोनाम ल्होछारको अवसरमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको बारेमा आज बिहीबार विहान पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसियन चौरमा हुने कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुको गायन, नृत्य साथै अभिनयको प्रस्तुतिहरु रहने मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन्द्र लामाले बताए ।
तामाङ संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले गर्न लागिएको कार्यक्रममा तामाङ झांकी प्रदर्शन, तामाङ भेष–भुषा र खानाका स्टलहरु रहने अध्यक्ष लामाको भनाई छ । यस्तै कार्यक्रममा तामाङ जातीको मौलिक संस्कार, संस्कृति, भेष–भुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहन गर्नपनि कार्यक्रमको आयोजना गर्न लागिएको संघका महासचिव रविन्द्र थिङले जानकारी दिए ।
ल्होछार विषयक जागरण ल्याउने उद्देश्यले गर्न लागिएको कार्यक्रमबाट संस्थाको आफनै भवन निर्माण सहयोगार्थ चिट्ठा कार्यक्रम समेत रहेको महासचिव थिङले बताए । माघ ८ गते विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने कार्यक्रममा प्रवेश शुल्क नलाग्ने पनि महासचिव थिङले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार