१६ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंश गोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, ब्यवस्थापक लक्ष्मण सापकोटाले आव ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र कृषक हितकोषका संयोजक रामहरि चौलागाईले हितकोषको प्रतिवेदन पेश गरेका थिए ।
भेलाको अवसरमा विभिन्न विद्याका उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको थियो । नियमित बचतकर्तामा रामकुमारी देवकोटा र यादव सापकोटा, असली कारोवारीमा नर बहादुर सापकोटा र सुमित्रा लामिछाने पुरस्कृत भएका थिए । यसैगरि उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र हेमलाल अर्याल, गोठ सफाइमा सुमित पोखरेल, भाडा सफाइमा भरत दाहाल, बढी सामान खरिदकर्तामा बासुदेव अधिकारी, केदारनाथ दाहाल र रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाका संस्थापक अध्यक्ष हरि प्रसाद सिग्देल, कामधेन बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका उपाध्यक्ष केशव धिताल संस्थाका शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















