Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुणस्तरीय शिक्षामा जोड दिन जिल्लाका शिक्षक संगठन र दुई पालिकाबीच सहमती

322578654_899442567731650-1672492713.jpg

१६ पुस, हेटौंडा । बागमती प्रदेशको राजधानि हेटौंडामा मकवानपुरका विभिन्न शिक्षक संगठन र जिल्लाका दुईवटा स्थानीय तहबीच निरन्तर संवाद र सहकार्य गर्दै सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न गराउन शनिवार १६ बुंदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ  । 
दुईदिनसम्म भएको बृहत् छलफलपछि जिल्लाका शिक्षक संगठनहरु र दुईवटा स्थानीय तहबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संघठनका जिल्ला अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, संस्थागत विद्यालय शिक्षक युनियनका जिल्ला संयोजक सचिन लामा, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा र मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले हस्ताक्षर गरेका छन् । 
सहमती पत्रमा शैक्षिक सरोकारवाला संघ, संगठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्ने, शिक्षा क्षेत्रका लागी बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व सरोकारवालहरुसँग छलफल गर्ने उल्लेख गरिएको छ । 
यस्तै अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने र संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गर्ने सहमती भएको छ  । 
पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गर्ने, पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित हुन नदिने, बालमैत्री, अपाङ्गमैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गर्ने, प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिने जस्ता विषय सहमती पत्रमा उल्लेख गरिएको छ । 
सहमती पत्रमा हस्ताक्षर पछि आयोजित कार्यक्रममा बोल्दै इस्टुका राष्ट्रिय अध्यक्ष, होमकुमार थापा, हेटौंडाकी मेयर मिनाकुमारी लाम, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, हेटौंडा उपमहानगरपालिकाका १ का वडा अध्यक्ष, सविन न्यौपाने, २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ४ का वडाध्यक्ष नबिन सिग्देल संस्थागत विद्यालय अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा लगाएतले सहमतीलाई दुबैतर्फल अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार