Email :- prastakhabar@gmail.com
कला/संस्कृति

हेटौंडामा सोनाम ल्होसारमा सांस्कृतिक महोत्सव हुने

FB_IMG_1672886328485-1672886465.jpg

२१ पुस,हेटौडा । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा 'सोनाम ल्होछार साँस्कृतिक महोत्सब' हुने भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा  १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे बताएको हो। 

महोत्सब सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा शुरेस लामा, प्रचार-प्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च ब्यबस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार ब्यबस्थापन उपसमितिमा बिक्रम लुङ्गबा, स्वयंम सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो ब्यबस्थापनमा रबिन्द्र थिङ, झाँकी ब्यबस्थापनमा पाल्साङ लामा, र स्टल ब्यबस्थापनमा सुभाष लामा रहेको छ ।        

दुई दिन सम्म चल्ने महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै तामाङ घेदुङ संघिय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सबको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताए।त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताए ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलान, सचिब आत्माराम मोक्तान, सल्लाहकार जिबनमान मोक्तान, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, महासचिब रबिन्द्र थिङ, सल्लाहकार सानु लामा दोङ, तामाङ युवा घेदुङ सघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, तामाङ घेदुङ हेटौडा उपमहानगर समितिको अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ युवा घेदुङ्ग मकवानपुर अध्यक्ष सुनिल लोप्चन लगायतको सहभागी रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार