Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सृजना टोल विकासको साधारणसभा सम्पन्न

Screenshot_20230107_19182-1673098676.jpg

२३ पुस, हेटौंडा । हेटौंडा ६ र ७ को सिमानामा रहेको सृजना टोल विकास संस्थाको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षता तथा हेटौंडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा टोल विकास संस्थालाई २१ वर्षसम्म सहयोग पुर्याउने संस्थामा आवद्ध रहेका ज्येष्ठ सदस्य र पूर्व सञ्चालक समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले ज्येष्ठ सदस्यमा शान्ति चौलागाई र पार्वती आचार्य, पूर्व सञ्चालक समितिको सदस्य गंगा तिमल्सिना र संस्थाको स्थापना कालदेखी हालसम्म निरन्तर संस्थालाई सहयोग गर्ने दिवाकर आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले सामान्य रुपमा बचत तथा ऋणको कारोवार गर्दैगर्दा ३१ लाखको कारोबार टोल विकास संस्थाले गरिरहेको जानकारी दिईन् । १६५ सदस्य रहेको टोल विकास संस्थामा हेटौंडा ६ र ७ का घरधुरीहरुको आवद्ध छन् । 
टोल विकास संस्थाले टोलको सरसफाई, वृक्षारोपण र अन्य समाजमा आईपरेका समस्याहरु समाधानको पहल गर्ने काम गरेको अध्यक्ष पौडेलले जानकारी दिइन् । कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य एवम् प्रमुख अतिथि विजय पौडेलले वडा भित्र रहेका २३ वटा टोल विकास संस्थाहरुमध्ये सृजना टोल विकास संस्थाले उत्कृष्ट कार्य गरिरहेको बताए । टोल विकास संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम र अन्य कार्यक्रमहरुमा वडा कार्यालय सदैव सहयोगको लागि तयार रहेको उनले बताए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति सचिव चन्द्रावती पनेरु, हेटौंडा उपमहानगरपालिका समाजिक विकास महाशाखाका उमिता अधिकारी, जनकल्याण सकोसका सचिव रोमप्रसाद न्यौपाने, संस्थाका लेखापरिक्षक प्रल्हाद शर्मा आचार्य लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार