२४ पुस, हेटौडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय(राप्ती)मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभालाई सम्वोधन गर्दै प्रमुख आचार्यले किसानको साथीको रुपमा रहेको सालकको संरक्षणमा सबै उपभोक्ताहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।
साधारणसभामा समूहका अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, सचिव कुसुम पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजन सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा सामुदायिक वनले निर्माण गरिरहेको पर्यटकिय पार्कलाई सहयोग गर्ने राजु बिडारी र चिन्तामणी सुवेदीलाई सम्मान गरिएको थियो । वनको रेखदेखमा उत्कष्ट कार्य गर्ने वनहेरालु शिवहरि सुवेदी, कृष्ण प्रसाद तिमल्सिना, सन्जु पाख्रिन र सुशिला ब्लोन र अपाङता भएका उपभोक्ताहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।यसैगरि अमर माविमा अध्ययन गर्ने विपन्न, गरिव र दलित विद्यार्थीहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सव डिभिजन वन कार्यालय, बसामाडीका रेन्जर ज्ञान कुमार रिजाल, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका सल्लाहकार प्रकाश थोकर, रामप्रसाद पौडेल, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पाण्डे, कालिका हरियाली सामुदायिक वनकी अध्यक्ष गान्धी घलान, समाजसेवी नारायण थोकर, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















