Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

छोटो समयमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारको काम भयो: लामा

IMG-db3ac83339442bf2e5fb3-1673189541.jpg

२४ पुस, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छोटो समयमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्ने काम भएको बताएका छन् । 
मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री लामाले आफ्नो १४ महिने कार्यकालमा स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापन गर्दै छोटो समयमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारको काम गरेको बताएका हुन् ।
उनले प्रदेशका आम जनतामा स्वास्थ्य क्षेत्रको पहुँच वृद्धिमा उल्लेखनीय काम भएको बताउँदै नागरिक तहमा संघीयताको प्रत्याभुति स्वास्थ्य क्षेत्रबाटै गराउनुपर्छ भन्ने मूख्य लक्ष्य लिएर आफूले काम गरेको र सबैको साथले लक्ष्यले सार्थकता पाउने काम भएको बताए । 
आफ्नो कार्यकालमा मन्त्रालयअन्तर्गतका सबै इकाइले प्रभावकारी र जिम्मेवार भई काम गरेको भन्दै मन्त्री लामाले सबैको प्रसंशासमेत गरे । २०७८ कात्तिक २५ गते मैले स्वास्थ्य मन्त्रीको पद सम्हालेदेखि मेरो नेतृत्वको स्वास्थ्य मन्त्रालयको टिमले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत निर्णय गर्ने, यसलाई कार्यान्वयन गर्ने, पूर्वाधार सुधार र जनशक्तिको व्यवस्थापनको कामलाई एकसाथ अघि बढाएको मन्त्री लामाले बताए ।
आफूले जिम्मेवारी सम्हाल्दा कोरोना महामारीको जोखिम उच्च तहमा रहेको स्मरण गर्दै उनले संक्रमणको रोकथाम, उपचार एवं क्षति न्यूनिकरणका लागि काम प्रयाप्त काम गरिएको बताए । ७ प्रदेशमध्ये सबैभन्दा पहिले सतप्रतिशत कोरोनाविरुद्धको खोप लगाउन बागमती प्रदेश सफल भएको उनले बताए ।

प्रदेश स्वास्थ्य सेवा पहिलो संसोधन अध्यादेश, २०७९ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश, २०७८ लाई मन्त्री लामाले महत्वपूर्ण कानुनी दस्तावेज निर्माणको रुपमा लिएका छन् । बागमती प्रदेशका विपन्न नागरिकहरुका लागि निःशुल्क रक्त सञ्चार सेवा प्रदान सम्बन्धी कार्यविधि निर्माण गरी रगत र रक्ततत्वमा प्रयोग हुने ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराई रक्तसञ्चार सेवा प्रदान गर्ने कार्यलाई सहज बनाउने काम गरिएको पनि उनले उल्लेख गरेका छन् । प्रदेश भित्रका लोपोन्मुख र सिमान्तकृत जातिहरुको सुरक्षित मातृत्व सेवा तथा खोप सेवामा पहुँच वृद्धि गर्नका लागि प्रोत्साहन स्वरुप रु पाच हजार प्रदान गर्ने कार्यक्रम सुरुवात गरिएको मन्त्री लामाले बताए ।
बागमती प्रदेशको पहिलो आयुर्वेद औषधी उत्पादन केन्द्र स्थापना, एक विद्यालय एक नर्स कार्यक्रम निरन्तरता, उच्चस्तरको रोग निदानात्मक सेवा प्रदान गर्न हेटौंडा अस्पतालको लागि एमआरआई मेशिन, महिलाको गर्भको जटिलता जाँच गर्न प्रयोग गरिने ७३ वटा अल्ट्रासाउन्ड मेसिन खरिद गरी स्थानीय तहका स्वास्थ्य संस्थालाई हस्तान्तरण जस्ता कार्यलाई मन्त्री लामाले महत्वका साथ प्रस्तुत गरे । ११ प्रादेशिक अस्पतालहरुमा नवजात सघन हेरचाह ईकाई स्थापना, आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपन्चर सेवा, फिजियोथेरापी सेवा, फार्मेसी सेवा लगायतका सेवा थप, धादिङ्ग अस्पताल, हेटौंडा अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पतालमा डायलाईसिस सेवा विस्तार, विपन्न नागरिक आकस्मिक कोषको स्थापना, जनआन्दोलनमा घाईतेको निःशुल्क उपचार कार्यक्रम, सामाजिक सुरक्षा ईकाई सुदृढीकरण कार्यक्रमलगायतलाई मन्त्री लामाले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीको रूपमा उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा हुने स्वास्थ्य जनशक्तिको अभावको समस्या समाधानका लागि हाललाई ६२८ स्वीकृत अस्थायी दरवन्दी बमोजिम पदपूर्ति गरी कर्मचारीलाई मन्त्रालय र मातहतका कार्यालयमा सेवामा परिचालन गरिएको पनि बताइएको छ । स्थानीय तहको न्युनतम सेवा मापदण्ड सुधार, शहरी सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन अनुदान, स्थानीय तहका १५ शैया सम्मको अस्पताल सञ्चालन निरन्तरता, स्थानीय तहमा स्वास्थ्य संस्थाको भवन निर्माण निर्माण, स्वास्थ्य संस्थाको सवलीकरणको लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको पनि मन्त्री लामाले बताए ।
उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि संचारकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।
त्यसअघि मन्त्रालयमा विदाई एवं धन्यवाद ज्ञापनको आयोजना भएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, सचिव बद्रीबहादुर खड्का, निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ लगायत मन्त्रालय, मन्त्रालय अन्तरगतका विभिन्न ईकाईका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार