२५ पुस,हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन तथा १३ औ साधारणसभा सोमबार सम्पन्न भएको छ । संघले नयाँ नेतृत्व समेत चयन गरेको छ।
बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राज्यमन्त्री प्रजाले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताए। उनले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा कैद गरेर हेटौडाको सुन्दरर्ता प्रस्तुत गर्न चलचित्रकर्मीहरुलाई आग्रह समेत गरेका थिए।
संघका कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, चलचित्र संघका उपाध्यक्ष कुबेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खडका, मकवानपुरका अध्यक्ष मणिराज गौतम र संघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं,कलाकार अमिर गौतम लगायतको उपस्थिती रहेको थियो।
त्यस्तै चलचित्र पत्रकार संघ मकवानपुरको पाचौं अधिवेशन पनि आईतबारनै सम्पन्न भएको छ । अधिवेशनले कपिल खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा श्रीराम अर्जुन दाहाल,सचिवमा रबिन्द्र गौतम,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा दिपेश दाहाल चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, प्रवेश धिताल(कुन्दन) मञ्जु मैनाली सर्वसम्मत चयन भएको गरिएको छ।
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...













-1780-1781487498.jpg)




