Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

'शिवमसंग उपहार टन्न' को पहिलो लक्की-ड्र सम्पन्न

20230110_143655-1673356576.jpg

२६ पुस, काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले 'शिवमसंग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरेको छ । उद्योगले काठमाडौंमा पत्रकार सम्मेलन गरि उपहार योजना अन्तरगत पहिलो महिनाको उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेताहरुको नाम लक्की-ड्र मार्फत सार्वजनिक गरेको हो ।
लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रक्शनका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् । दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले  हेलिटुर पुरस्कार जितेका छन् । तेस्रो पुरस्कार अन्तरगत बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की र राजन गुप्ताले आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन् ।  चौथो पुरस्कार  ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । 
शिवम् सिमेन्टले मंसिर १८ गते देखि 'शिवमसंग उपहार टन्न' नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो । योजना अन्तरगत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २०० रूपैंया देखि ५०० रूपैंयासम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहको उल्लेख्य संख्यामा सहभागिता रहेकोे उद्योगले जनाएको छ ।
अझै यस योजना अन्तरगत 'सियोर सट' पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।
हेटौंडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार