Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बहुउद्धेश्यीय सहकारी संघको भेला,अध्यक्षमा न्यौपाने चयन

FB_IMG_1673526102438-1673526308.jpg

 २८ पुस, हेटौडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको ९ औं वार्षिक साधारणसभा बिहिवार हेटौडामा सम्पन्न भएको छ ।

साधारणसभाको बन्द सत्रले रामहरि न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला डंगोल, सचिवमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा पुरुषोत्तम कार्की चयन भएका छन।त्यसैगरि सदस्यहरुमा भीमसेन पौडेल, शिवकुमार खत्री, भोगेन्द्र लुईटेल, सिह बहादुर विक.मोती लामा, कुलकुमारी बस्नेत र शुक्रदेवी बल चयन भएका छन  ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर अर्याल र सदस्यहरुमा जानकी दाहाल र रमिला सापकोटा चयन भएका छन। साधारणसभामा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव शर्मिला डंगोलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमल कुमार ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा हेटौडा–९ का निवर्तमान वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी संघका सञ्चालक बिमल ढकाल, जिल्ला सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना,शिवम सिमेन्टका सनद गोतामे लगायतको उपस्थिति रहेको थियो ।भेलाको अवसरमा संघलाई सहयोग गर्ने विभिन्न संघसंस्था र ब्यत्तिहरुलाई सम्मान गरिएको थियो । संघमा १९ वटा बहुउद्धेश्यीय सहकारी संस्थाहरु आवद्ध रहेका छन  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार