७ माघ । हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौँडा वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा अध्यक्ष पराजुलीले विद्यालयमा अहिलेसम्म गरेका र आगामी वर्ष गर्ने कार्यका बारेमा चर्चा गरेका थिए । यसैगरी विद्यालयका प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले आर्थिक तथ शैक्षिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा टोल विकास संस्था वडा समन्वय समितिकी अध्यक्ष रमिला सापकोटा, नेकपा एमालेका वडा कमिटि अध्यक्ष यदुवंश खतिवडा, वडाध्यक्ष सुकराम केसी, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले राजु गौतमको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । सो अवसरमा विद्यालयमा २५ वर्षभन्दा लामो समय सेवा गर्ने शिक्षकहरूलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ ।
दीर्घसेवा पदक पाउने शिक्षकहरूमा निरन्जनप्रसाद ढकाल, विमलकुमार घिमिरे, पार्वती बर्ताैला, मन्जु खनाल, श्याम बस्नेत, भीमबहादुर श्रेष्ठ, कमलपाल अधिकारी, आनन्दराज श्रेष्ठ रहेका छन् ।
यसैगरी वर्ष शिक्षक सम्मानबाट ५ जना शिक्षक सम्मानित भएका छन् । सम्मानित हुनेमा मावितर्फ हरेराम थापा, निमावितर्फ लक्ष्मीकुमारी काफ्ले, प्रावितर्फ सुदीप पौड्याल, यसैगरी निजीस्रोतमा रहेर काम गर्ने शिक्षकहरु जेविस अर्याल र सभ्यता चौधरी रहेका छन् ।
यसैगरी कर्मचारीतर्फ लेखापाल गुरुप्रसाद शर्मा र सुरक्षागार्ड नारायण पुुडासैनीलाई पनि सम्मान गरिएको छ ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















