Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला सप्पन्न

IMG_20230121_082318-1674268719.jpg

७ माघ । हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौँडा वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । 
भेलामा अध्यक्ष पराजुलीले विद्यालयमा अहिलेसम्म गरेका र आगामी वर्ष गर्ने कार्यका बारेमा चर्चा गरेका थिए । यसैगरी विद्यालयका प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले आर्थिक तथ शैक्षिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा टोल विकास संस्था वडा समन्वय समितिकी अध्यक्ष रमिला सापकोटा, नेकपा एमालेका वडा कमिटि अध्यक्ष यदुवंश खतिवडा, वडाध्यक्ष सुकराम केसी, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
भेलाले राजु गौतमको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । सो अवसरमा विद्यालयमा २५ वर्षभन्दा लामो समय सेवा गर्ने शिक्षकहरूलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । 
दीर्घसेवा पदक पाउने शिक्षकहरूमा निरन्जनप्रसाद ढकाल, विमलकुमार घिमिरे, पार्वती बर्ताैला, मन्जु खनाल, श्याम बस्नेत, भीमबहादुर श्रेष्ठ, कमलपाल अधिकारी, आनन्दराज श्रेष्ठ रहेका छन् । 
यसैगरी वर्ष शिक्षक सम्मानबाट ५ जना शिक्षक सम्मानित भएका छन् । सम्मानित हुनेमा मावितर्फ हरेराम थापा, निमावितर्फ लक्ष्मीकुमारी काफ्ले, प्रावितर्फ सुदीप पौड्याल, यसैगरी निजीस्रोतमा रहेर काम गर्ने शिक्षकहरु जेविस अर्याल र सभ्यता चौधरी रहेका छन् । 
यसैगरी कर्मचारीतर्फ लेखापाल गुरुप्रसाद शर्मा र सुरक्षागार्ड नारायण पुुडासैनीलाई पनि सम्मान गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार