८ माघ,हेटौंडा। हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४७ औँ बार्षिक उत्सव मनाएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो।
हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे,हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्बर वडसदस्य रज बर्तौला,इन्द्र प्रसाद रिजाल,मैया परियार,विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, विद्यालय व्यवस्थापन समिति सदस्यहरु ज्ञानु परियार,रामचन्द्र बर्तौला,पिताम्बर बास्तोला, सरिता दाहाल,लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य तारा ढुङ्गाना,पुर्व प्रधानाध्यापक, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी,दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शङ्कर प्रसाद उपाध्याय लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुदै आएको भन्दै गुणस्तर सुधार्न सबै लाग्नु पर्ने बताइन। उनले नगरपालिकाको शैक्षिक सुधार कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयले खेलेको भुमिकाको प्रशंशा व्यक्त गरिन। कार्यक्रममा २०७८ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो।कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा उत्कृष्ट शिक्षकमा शम्भु घर्ती र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा २०७८ सालको एसईई परीक्षामा ए प्लस अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू अङ्ग्रेजी तर्फ गणेश प्रसाद हुमागाई,ऐच्छिक गणीत तर्फ खेमराज लामिछाने, लेखा तर्फ राम शरण पौडेललाई पनि सम्मानित गरिएको थियो।कार्यक्रममा विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो। कक्षा -८ को पेसा विषय अन्तर्गत आयोजना गरिएको खाना महोत्सबमा प्रमुख अतिथी र अतिथिहरूको समेत सहभागिता रहेको थियो।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















