Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस्तीपुरमा लेखा ब्यवस्थापन तालिम सुरु

327039331_544247111007945-1674907639.jpg

१४, माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा शनिवार देखि बस्तीपुरमा ३ दिने लेखा ब्यवस्थापन तालिम शुरु भएको छ । 
तालिमको उदघाटन गर्दै हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले सबै क्षेत्रमा ब्यवस्थित र पारदर्शी किसिमबाट काम गर्नु पर्ने बताउदै सामुदायिक वन समूहहरुले गरेका कामहरुको ब्यवस्थित ढंगबाट अभिलेखीकरण गर्नु पर्ने बताए ।
सामुदायिक वन उपभोक्ता समूहले गरेका विभिन्न कार्यहरुको पारदर्शी, ब्यवस्थित र संस्थागत ढङगबाट अभिलेखीकरण गर्न सिकाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको महासंघले जनाएको छ । 
३ दिन सम्म सञ्चालन हुने तालिममा बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्ने कार्यक्रम छ । 
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा सदस्य रमा गोले लगायतको उपस्थिति रहेको थियो । तालिममा सव डिभिजन वन कार्यालय, बसामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३५ जनाको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार