File Photo
६ मंसिर, हेटौँडा । नेकपा एमाले मकवानपुरले चुनावी प्रचारप्रसारमा कर्मचारीको प्रयोग गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश २ मा एमालेले नगरपालिकाका कर्मचारीलाई प्रयोग गरेको हो ।
पछिल्लो समय उर्दि नै जारी गरेर एमालेले नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई जिल्लाभरका चुनावी अभियानमा अनिवार्य उपस्थित हुन दवाव दिएको स्रोतको दावि छ । एमाले निकट एक कर्मचारीका अनुसार आप्mनो वडामा हुने चुनावी कार्यक्रममा अनिवार्य उपस्थित हुन कर्मचारीहरुलाई दवाव दिईएको छ । बुधबार हेटौँडा वडा नम्बर ६ मा भएको घरदैलो कार्यक्रममा नगरपालिका र जिल्ला समन्वय समितिका केही कर्मचारीहरु सहभागी भएका थिए । उनीहरु उम्मेदवार डोरमणी पौडेलसहितको र्यालीमा सहभागी भएका थिए ।
र्यालीमा नगर प्रहरीका प्रमुख केन्द्रगोविन्द जोशी, बाम गठबन्धनको हेटौँडा–६ नम्बर वडास्तरीय निर्वाचन परिचालन कमिटिका सहसंयोजक एवं बंशगोपाल उच्च माविका शिक्षक तारानाथ खतिवडा, बारुण यन्त्रका एक ड्राईभर र जिल्ला समन्वय समितिका एक प्राविधिक सहभागी थिए । अरु कर्मचारीहरु विहान मात्रै घरदैलोमा सहभागी भएपनि खतिवडा भने दिनभर घरदैलो गरेर पुतलीबजारमा भएको कोणसभामा समेत सहभागी थिए । चुनावी अभियानमा सहभागी एक नेताले भने कार्यालय समय बाहेक कर्मचारी पनि दलको चुनाव प्रचारमा खटिन मिल्ने दावि गरे ।
‘नगरपालिका, जिल्ला समन्वय समितिका कर्मचारी र शिक्षक नै दलको चुनावी कार्यक्रममा सहभागी हुँदा पनि कारवाही हुँदैन भन्या’–‘एक स्थानीयले प्रष्टखबरसंग जिज्ञासा राख्दै सोधे–‘सरकारी तलब खाउन्जेल राजनीति गर्न नपाईनुपर्ने हो नि हैन ?’ कर्मचारीको प्रयोगबारे नेकपा एमालेका जिल्ला सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने एमालेले निर्णय गरेर कर्मचारीलाई प्रचार खटिन नभनेको बताए । उनले कर्मचारी कुनै पनि दलको चुनावी प्रचारमा सहभागी हुन नपाउने भन्दै एमालेले यस्तो कार्यको विरोध गर्ने बताए । ‘कुनै कर्मचारी स्वस्फुर्त पार्टीको कार्यक्रममा सहभागी हुनुभएको भए यो गलत हो ।’–उनले भने ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सरकारी कर्मचारी राजनैतिक दलको चुनावी अभियानमा सहभागी भए कारवाही हुने बताए । सरकारी सेवामा रहुन्जेल कुनै पनि समय कुनै दलको चुनावी अभियानमा सहभागी हुन नमिल्ने उनको दावि छ । प्रशासनले यसबारेमा अब कडाईका साथ निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी बुढाको भनाई छ ।
एमालेले सरकारी शिक्षक, निजामति कर्मचारी, नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई अनिवार्य निर्वाचन गतिविधिमा सहभागी हुन भने पछि धेरै कर्मचारीहरु आफुहरु चेपुवामा परेको गुनासो गर्छन् । ‘पार्टीको चुनावी अभियानमा जान हुँदैन भन्ने थाहा छ, तर उम्मेदवार निकट नेताहरुले कर्मचारीहरुलाई कार्यक्रममा सहभागी हुन दवाव दिने गरेका छन् ।’–नगरपालिकाका एक कर्मचारीले बताए । एमालेले अन्य दलसंग आस्था राख्ने कर्मचारीलाई भने चुनावी अभियानमा देखे फोटो खिचेर राख्न कार्यकर्तालाई निर्देशन दिएको छ भने आप्mनो कर्मचारीलाई परिचालन गरिरहेको ति कर्मचारीको भनाई छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















