Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा १८ स्थित गोरक्षनाथ माविको चारकोठे भवन शिलान्यास

IMG_20230131_111434-1675164477.jpg

१७ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको गोरक्षनाथ माध्यमिक बिद्यालयको लागि आवश्यक चारकोठे भवनको मंगलबार एक कार्यक्रमकाबचि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले शिलान्यास गरेकी छन् । 
कक्षा कोठाको अभाबका कारण अध्यापनमा समस्या भएपनि बिद्यालय भवन निर्माणको लागि गरिएको पहलमा संघिय शिक्षा मन्त्रालयले जस्ता सहितको भवनका लागि बजेट दिएपनि उपमहानगरले उक्त भवनलाई ढलान गर्नका लागि थप बजेट निकासा गरेको थियो । 
कुल ६२ लाख १२ हजार ५८८ लागत स्टमेट गरिएको चार कोठे भवनका लागि संघिय अनुदान ३६ लाख, उपमहानगरबाट १९ लाख ९१ हजार ३ सय र उपभोक्ताबाट  ६ लाख २१ हजार २५८ रुपियाँ संकलन गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले शिक्षामा सुधार नभएसम्म समाजको विकास हुन नसक्ने बताउँदै उपमानगरले पछि जोडिएका क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बनाईन । उनले नगरको बिकासमा कुनै सम्झौता नगर्ने दावी पनि गरिन् । 
नगरप्रमुख लामाले बिद्यालयको शिक्षा र शिक्षकप्रति अभिभावकको चासो आवश्यक रहेको उल्लेख गर्दै उनले बिद्यालय गएका बालवालिकाले पढे नपढेको, व्यवहार कस्तो छ भन्ने बिषयमा अभिभाबकले चासो लिनुपर्नेम जोड दिईन् । यस्तै उनले विद्यालयमा अध्यन गर्न आएका विद्यार्थीहरुलाई आफ्नै बालबालिका जस्तै गरि अभिभावकले झै ख्याल राख्न सुझाब दिइन् ।
अध्यक्ष बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १ का अध्यक्ष सविन न्यौपाने, १८ का अध्यक्ष अनिलकुमार बानियाँ, हेटौंडा ८ का वडा सदस्य गोरखनाथ राय, हेटौंडा उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगा चौलागाई, बिद्यालयका बाल समुहका अध्यक्ष लक्ष्मी घलान, ज्योति माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल लगाएतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार