Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिला सिप विकास केन्द्र स्थापना गर्नेः डिना

dina-foto-1511353456.jpg


६ मंसिर, हेटौँडा ।  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा रहेका हरेक गाउँपालिकामा महिला सिप विकास केन्द्र स्थापना गर्ने बताएकी छिन् ।

बुधबार मकवानपुरको उत्तरी क्षेत्रस्थित बज्रवाराहीमा भएको लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलामा डिनाले महिलालाई जागरुक र सक्रियता गराउने उद्दश्यले गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्नुपर्ने बताएकी छिन् । राजनीतिमा महिला सहभागिता विशेष भूमिका रहन्छ’ डिनाले भनिन  –‘मकवापनुरमा रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्सको   व्यवस्था गर्ने  छौँ  । प्रजातन्त्र पुनस्थापनापछी मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको डिनाले बताइन् । संविधान र लोकतन्त्र जोगाउनको लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको उनको दाबी छ । 

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २  ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन तथा तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।  मकवानपुरको उत्तरी क्षेत्र मौसमी तथा बेमौसमी तरकारी उत्पादनको रुपमा विकास गर्ने बताए। राप्रपा मकवानपुरका केन्द्रीय सदस्य दिपक सिंले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए।

नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षताम भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा  क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपान, प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार पवित्रा विक, नेपाली काँग्रेस मकवापनुर २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेल, जिल्ला सदस्य शम्भुभक्त श्रेष्ठ, राप्रपा थाहानगरका सभापति हरेराम कार्कीको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार