Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

झरनाले एक संस्थासहित ११ जनालाई पुरस्कृत गर्ने

jharana-sahitya-1676335872.jpg

२ फागुन, हेटौंडा । झरना साहित्य परिवारले यहि फागुन ८ र ९ गते बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गभर्ने भएको छ । झरनाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव र वार्षिकोत्सव मनाउने बारे जानकारी दिएको हो ।
उक्त अवसरमा झरनाले एक संस्थासहित ११  जनालाई सम्मान वितरण गर्ने भएको छ । संस्थाका सचिव मसान उपासका अनुसार झरनाले विभिन्न विधामा योगदान पु¥याएबापत उनीहरुलाई सम्मान वितरण गर्न लागेको हो ।
झरनाले साहित्यमा योगदान गरेबापत होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७९ बाट डा. जीवेन्द्र देव गिरीलाई नगद २१ हजार १ सय २१ रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । यस्तै मुक्तकमा योगदान गरेवापत शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९बाट नगद १५ हजार ५५५ रुपैयाँसहित सरु भक्त पुरस्कृत गर्ने हुनेभएका छन् ।
त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान – २०७९ बाट १५ हजार ५५५ रुपैयाँसहित नवराज शर्मालाई पुरस्कृत गरिने भएको छ । साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान —२०७९ बाट अमला अधिकारीलाई पुरस्कृत गरिने भएको छ  ।
झरनाले सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७९ बाट अनिता न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ । यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा सम्मान— २०७९ बाट नगद ७ हजार ७७७ सहित कृष्णप्रसाद चौँलागाई, पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान –२०७९बाट नगद ११ हजरा १११ रुपैयाँ सहित भानुभक्त आचार्यलाई पुरस्कृत गरिने सचिव उपसाकले जानकारी दिए ।
यस्तै खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान –२०७९ बाट नगद ७ हजार ७७७ रुपौयाँ सहित ऋषि केबी र झरना–बकैया नवप्रतिभा पुरस्कार—२०७९ बाट नगद ५ हजार ५ रुपैयाँ राशीसहित कवि स्वस्तिका दाहाल सम्मानित हुनेभएका छन् भने झरनाले बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई पनि पुरस्कृत गर्ने सचिव उपासकले बताए ।
झरनाले फागुन ८ गते रचना वाचन, चित्रकला प्रतियोगिता, बकैया बिशेष रचना वाचन कार्यक्रम गर्ने भएको छ भने दोश्रो दिन फागुन ९ गते नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका बिषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन÷गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार