Email :- prastakhabar@gmail.com
कला/संस्कृति

झरनाले एक संस्थासहित ११ जनालाई पुरस्कृत गर्ने

jharana-sahitya-1676335872.jpg

२ फागुन, हेटौंडा । झरना साहित्य परिवारले यहि फागुन ८ र ९ गते बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गभर्ने भएको छ । झरनाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव र वार्षिकोत्सव मनाउने बारे जानकारी दिएको हो ।
उक्त अवसरमा झरनाले एक संस्थासहित ११  जनालाई सम्मान वितरण गर्ने भएको छ । संस्थाका सचिव मसान उपासका अनुसार झरनाले विभिन्न विधामा योगदान पु¥याएबापत उनीहरुलाई सम्मान वितरण गर्न लागेको हो ।
झरनाले साहित्यमा योगदान गरेबापत होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७९ बाट डा. जीवेन्द्र देव गिरीलाई नगद २१ हजार १ सय २१ रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । यस्तै मुक्तकमा योगदान गरेवापत शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९बाट नगद १५ हजार ५५५ रुपैयाँसहित सरु भक्त पुरस्कृत गर्ने हुनेभएका छन् ।
त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान – २०७९ बाट १५ हजार ५५५ रुपैयाँसहित नवराज शर्मालाई पुरस्कृत गरिने भएको छ । साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान —२०७९ बाट अमला अधिकारीलाई पुरस्कृत गरिने भएको छ  ।
झरनाले सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७९ बाट अनिता न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ । यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा सम्मान— २०७९ बाट नगद ७ हजार ७७७ सहित कृष्णप्रसाद चौँलागाई, पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान –२०७९बाट नगद ११ हजरा १११ रुपैयाँ सहित भानुभक्त आचार्यलाई पुरस्कृत गरिने सचिव उपसाकले जानकारी दिए ।
यस्तै खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान –२०७९ बाट नगद ७ हजार ७७७ रुपौयाँ सहित ऋषि केबी र झरना–बकैया नवप्रतिभा पुरस्कार—२०७९ बाट नगद ५ हजार ५ रुपैयाँ राशीसहित कवि स्वस्तिका दाहाल सम्मानित हुनेभएका छन् भने झरनाले बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई पनि पुरस्कृत गर्ने सचिव उपासकले बताए ।
झरनाले फागुन ८ गते रचना वाचन, चित्रकला प्रतियोगिता, बकैया बिशेष रचना वाचन कार्यक्रम गर्ने भएको छ भने दोश्रो दिन फागुन ९ गते नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका बिषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन÷गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार