१३ फागुन,हेटौंडा। हेटौंडा ७ नागस्वतीमा रहेको तासिर इङलिस सेकेन्डरी स्कुलले १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठे बहादुर कार्कीको सभाध्यक्षता तथा बागमती प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम,हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देल,शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, व्याबसन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, ७ नम्बर वडा सदस्य दिनेश थापामगर, व्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, मकवानपुर जिल्ला कुखुरापालन व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल,न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष ज्ञान बहादुर क्षेत्री, हेटौंडा बचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्र बहादुर बस्नेत, पतञ्जली योग मकवानपुर अध्यक्ष राम प्रसाद दाहाल, विद्यालयका संस्थापक अध्यक्ष राजन थापा, विद्यालयका शिक्षक अभिभाक संघ अध्यक्ष नवराज खतिवडा,विभिन्न संघसंस्था,टोल विकास समन्वय समितिका प्रतिनिधि सहित अभिभावकहरूको उपस्थितीे रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथी मन्त्री श्रेष्ठले रोबोटबाट कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै श्रम मन्त्री श्रेष्ठले तासिर इङलिस बोर्डिङले मकवानपुरको शैक्षिक क्षेत्रमा खेलेको योगदानको प्रशंशा गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद शर्मा थपलियाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले बनाएको विज्ञान साम्रगी, शैक्षिक सामग्रीहरुको प्रदर्शन गर्नुका साथै खाना महोत्सवको आयोेजना गरिएको थियो।त्यसैगरी कार्यक्रममा विभिन्न मितिमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप र शैक्षिकसत्रमा उत्कृष्ट र विद्यालयको प्रावी, आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुने तिन जना शिक्षक र एकजना कार्यलय सहयोगीलाई सम्मान र पुरस्कृत गरिएको थियो।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














