१९ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नु जरुरी रहेको सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा उनले निकुञ्ज र सर्वसाधारणको बीचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद् भएको धारणा राखे ।
जनप्रतिनिधिको अनुरोधलाई निकुञ्जका कर्मचारीले अटेर गर्ने गरेको गुनासो आएको भन्दै उनले स्थानीय तहसँग समन्वय गरी काम गर्न अनुरोध गरे । वन फँडानी, आहाराको अभाव लगायतका कारणले वन्यजन्तु बाँच्नकै लागि गाउँवस्तीमा छिर्ने गरेको जम्कट्टेलको दावी थियो ।
यस्तै गर्मी मौसम बढेसँगै डँडेलोको समस्या सुरु हुने भन्दै उनले यसका लागि जनचेतना आवश्यक रहेकोमा जोड दिए ।
जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले वन्यजन्तुको संरक्षण गर्दै मानवीय क्षती रोक्नतर्फ लाग्नुपर्ने धारणा राखे ।
समन्वय समितिका उपप्रमुख सानुकाजी लुइँटेलले वन्यजन्तु नियन्त्रण, समन्वय लगायतका बिषयमा कर्मचारीले जनप्रतिनिधिको कुरा नमान्ने गरेको धारणा राखे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले प्रशासनले वन्यजन्तुको संरक्षणसँगै धनजनको क्षति हुन नदिन लागिपरेको बताए ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...