Email :- prastakhabar@gmail.com
कला/संस्कृति

आज तराई–मधेसमा फागु पर्व मनाइदै 

dfd-1678166036.jpg

२२ फागुन, हेटौंडा । हिजो आइतबार फागुन शुक्ल पूर्णिमाका दिन हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको  होली पर्व आज तराइका जिल्लाहरुमा मनाइदै छ ।
पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई–मधेसमा भने प्रतिपदाका दिन मनाउने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ । 
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । 
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्थात फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ । तराईका जिल्लाहरुमा होली पर्व आज मनाइँदै छ । 
फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार