Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एकै दिन ३ विस्फोट कसले गरायो ?

Sano-Pokhara-Blast-1511621389.jpg

हेटौँडा–५ सानोपोखरामा विस्फोट भएको स्थान ।

९ मंसिर, हेटौँडा । मकवानपुरका विभिन्न ३ स्थानमा शनिबार विष्फोट गराईएको छ । मनहरी, लेवट र सानोपोखरामा एकै दिन फरक समयमा विष्फोट गराईएको हो ।

अपरान्ह ४ बजे मनहरी बजारमा रहेको प्रतिक्षालयमा बम विष्फोट भएको छ । प्रतिक्षालयमा गराईएको सुतली बम विष्फोटबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीमा विष्फोट भएको २ घण्टापछि हेटौँडा–३ लेवटमा विष्फोट भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँको सम्पर्क कार्यालय रहेको भवन नजिक विष्फोट भएको छ । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाई छ ।

बानियाँ भने आफ्नो चुनावी अभियानका क्रममा मनहरी गाउँपालिकामा रहेको जनाईएको छ । लेवटमा विष्फोट भएको आधा घण्टा नवित्दै हेटौँडा–५ सानोपोखरामा कान्तिलोकपथस्थित कल्र्भट नजिक विष्फोट भएको थियो । त्यहाँ पनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ । घटनापछि तीनै स्थानमा प्रहरीको उपस्थिति बढाईएको छ । विष्फोटको कारण खुल्न सकेको छैन ।

निर्वाचन गतिविधिमा अवरोध पु¥याउँदै आईरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विष्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । तर घटनाको जिम्मेवारी कसैले लिएको छैन । अहिले मकवानपुरका सबै प्रहरी इकाईलाई उच्च सतर्कतामा राखिएको प्रहरीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार