सरिखेतमा कांग्रेस प्रवेश गरेका युवाहरुमाझ बानियाँ र उपाध्याय ।
१२ मंसिर, हेटौँडा । मकवानपुरमा प्रदेशस्तरका उम्मेदवारमा चर्चित उम्मेदवार हुन् पूर्व गृहराज्यमन्त्री ईन्द्र्बहादुर बानियाँ । बानियाँ चर्चित उम्मेदवार हुनुमा उनको व्यक्तित्वका कारण हो भन्ने चर्चा छ राजनीतिक बृत्तमा । अहिले मकवानपुरका चिया पसल, चोक, चौतारा र विभिन्न क्षेत्रमा हुने बहसको केन्द्रमा प्रदेश उम्मेदवारहरुमध्ये बानियाँ अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका बानियाँ आफ्नो पार्टी भित्र मात्रै नभई सबै दलका नेता कार्यकर्ताहरुमाझ चर्चाको पात्र बनेका छन् । ‘जे भन्छु, त्यो गर्छु’ भन्ने स्वभावका बानियाँ चुनावी मैदानमा होमिएसँगै मकवानपुर क्षेत्र नम्बर २ मा चुनावी माहोल निकै तातेको छ । क्षेत्र नम्बर १ मा भन्दा अहिले चुनावी दौडधुप २ मा बढि देखिन्छ । त्यसो हुनुको कारण बानियाँकै उम्मेदवारीले हो भन्छन् राजनैतिक दलका नेताहरु । ‘बानियाँ जहाँ पुग्छन् त्यहाँ कोणसभा गर्न मान्छे खोज्नु पर्दैन, अरु नेता पुग्दा मान्छे जम्मा गर्न हम्मेहम्मे हुन्छ ।’–चुनावी गतिविधिमा संलग्न बाम गठबन्धनका एक कार्यकर्ताले भने–‘त्यही कारण हामीले पनि कसरत बढि गर्नु परेको छ ।’ ति कार्यकर्ता बानियाँलाई नयाँ क्षेत्र भएकाले जित्न निकै चुनौति रहेको दावि गर्छन् ।
बानियाँको विकास प्र्रतिको आकांक्षाका कारण पनि अहिले उनको सम्पर्क कार्यालय लेवट विकासे योजना लिएर आउनेहरु सधैं भरिभराउ हुनेको गरेको छ । आप्mना पार्टीका कार्यकर्तामात्रै नभई अन्य पार्टीका कार्यकर्ता र सर्वसाधारणहरु समेत आप्mनो क्षेत्रमा गर्नुपर्ने विकासका काम पुरा गरिदिन आग्र्रह गर्दै बानियाँ कहाँ धाउने गरेका छन् । ‘ उहाँ भनेको काम गर्ने र विकासमा प्र्रतिवद्ध नेता हो’–मंगलबार लेवटमा आप्mनो गाउँको खानेपानी समस्या समाधानका लागि आग्र्रह गर्दै गरेका मनहरीका एक स्थानीयले भने ।
बानियाँ विहान ५ बजे उठिसक्छन्, उनी उठ्नु अघि नै चुनावी अभियानमा संलग्न नेता कार्यकर्तामात्रै नभई विकासे योजना माग्न आप्mनो क्षेत्रका मतदाता उनको सम्पर्क कार्यालयमा जम्मा भईसकेका हुन्छन् । ‘सम्पर्क कार्यालयमा पुगेकाहरुलाई पालो गरेर भेट्नुहुन्छ, उहाँसंग भेटेकाहरु काम हुनेमा ढुक्क भएर फर्कन्छन् ।’–भेटघाटको व्यवस्थापन मिलाउने नेताहरुको भनाई छ । यही सन्देश अहिले पश्चिमी क्षेत्रमा पुगेका कारण बानियाँको पक्षमा माहोल बलियो बनेको उनको भनाई छ । दिनभर चुनावी अभियानमा पुग्छन् । बेलुका पुनः विकासको योजनासहित आएका सर्वसाधारणसंग भेट गर्ने गर्दछन् ।
बानियाँको विकासप्रेमी छवि नै अहिले प्र्रतिष्पर्धीहरुलाई चुनौतिको विषय बनेको छ । ‘बानियाँ जहाँ पुग्छन्, त्यहाँको समस्या समाधान गरिदिने बताईहाल्छन् ।’–चुनावी अभियानमा रहेका एक नेताले भने–‘हाम्रो उम्मेदवार त गर्छु भन्न पनि निकै डराउँछन् ।’ बानियाँदेखि अन्य उम्मेदवार त्रसित हुने विषय भनेको उनी पुगेको ठाउँमा विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ता नेपाली कांग्रेसमा भित्र्याउँछन् । व्यवस्थित निर्वाचन परिचालन, बानियाँको पक्षमा रहेको विकासे छवि र परिवर्तनको आकांक्षामा रहेका मतदाताका कारण बानियाँ आफु जीत्ने सुनिश्चित रहेको दावि गर्छन् ।
तर बाम गठबन्धनको प्रभाव राम्र्रो क्षेत्रमा जोखिम मोलेर उठेका बानियाँको जित सहज नभएको बाम गठबन्धनका नेताहरुको भनाई छ । उनका प्र्रतिष्पर्धी राजराम स्यांतान पनि स्थानीय स्तरमा लामो समयदेखि काम गरिरहेको, पूर्व सांसद रहेको र सांगठनिक दृष्टिकोणले पनि बाम गठबन्धन बलियो रहेकोले जितका लागि दुबैलाई कठिन संघर्ष गर्नुपर्ने देखिन्छ ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


