Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाँड्न लगिएको चामल र कम्बल कांग्रेसद्वारा नियन्त्रणमा

2017-11-29-09-58-43-1-1511928977.png

१३ मंसिर, हेटौंडा । चुनाब हार्ने मनस्थितिमा पुगेपछी मकवानपुरको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवारले चामल र कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको चामल र कम्बलसहितको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको हो ।

चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाँडेर बाम गठबन्धनका उम्मेदवारले भोट माग्ने गर्न थालेको कांग्रेसको भनाई छ । गएराती कम्बल बाड्दाबाड्दै मनहरी प्याङ्चेबाट तरूण युवाहरूले लखेटेेका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य उम्मेदवार राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउदै गरेको एक ट्याक्टर चामल र कम्बल पठाएको उनीहरूले दावी गरेको छ ।

ख्रिष्टियन चाइनिज संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको र २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए ।

यसपछी काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधी हुन नदिन निगरानी बढाएका थिए । 'गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछी हाम्ले निगरानी गरिराखेका थियौं', नेपाली कांग्रेस मनहरीका नेता नवराज लामाले भने, 'मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।' निर्वाचन र मतदातालाइ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए । 

कांग्रेस ४ नम्बर क्षेत्रीय उपसभापती नुरज पौडेलले यस्ता अाचारसंहिता विपरितका गतिविधि नगर्न सबैसंग अाग्रह गरे ।  इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।

2017-11-29-09-58-51-1-1511928978.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार