Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाँड्न लगिएको चामल र कम्बल कांग्रेसद्वारा नियन्त्रणमा

2017-11-29-09-58-43-1-1511928977.png

१३ मंसिर, हेटौंडा । चुनाब हार्ने मनस्थितिमा पुगेपछी मकवानपुरको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवारले चामल र कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको चामल र कम्बलसहितको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको हो ।

चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाँडेर बाम गठबन्धनका उम्मेदवारले भोट माग्ने गर्न थालेको कांग्रेसको भनाई छ । गएराती कम्बल बाड्दाबाड्दै मनहरी प्याङ्चेबाट तरूण युवाहरूले लखेटेेका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य उम्मेदवार राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउदै गरेको एक ट्याक्टर चामल र कम्बल पठाएको उनीहरूले दावी गरेको छ ।

ख्रिष्टियन चाइनिज संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको र २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए ।

यसपछी काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधी हुन नदिन निगरानी बढाएका थिए । 'गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछी हाम्ले निगरानी गरिराखेका थियौं', नेपाली कांग्रेस मनहरीका नेता नवराज लामाले भने, 'मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।' निर्वाचन र मतदातालाइ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए । 

कांग्रेस ४ नम्बर क्षेत्रीय उपसभापती नुरज पौडेलले यस्ता अाचारसंहिता विपरितका गतिविधि नगर्न सबैसंग अाग्रह गरे ।  इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।

2017-11-29-09-58-51-1-1511928978.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार