Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

'मौलिकता गुमाउँदै तीज'

WWJ-1472391241.jpg

१२ भदौ, हेटौँडा । तीजको मौलिकता र वर्तमानमा मनाईने तीजको विषयमा अध्ययन गर्न जरुरी रहेको आईतबार हेटौंडामा आयोजित अन्तरक्रियाका सहभागीहरुले बताएका छन् । क्रियशील पत्रकार महिला मकवानपुरले आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो बताएका हुन् ।

तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै क्रियाशील पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष शुभेच्छा विन्दु तुलाधरले तीजको नाममा विकृति बढ्दै गएको र त्यसले महिलाको पेशागत जीवनमा पछाडी पारेको बताए । एक महिना अघिदेखि हुने दर खाने कार्यक्रमले महिलाहरुलाई त्यतै व्यस्त गराउने र उनीहरुलाई आफ्नो पेशामा लागिरहन वाधा देखिएकोले स्वयम् महिलालाई पछाडी पारेको धारणा राखे । 

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भानुभक्त आचार्यले तीजको नाममा विकृतिले स्थान पाईरहेको बताए । यस्तै, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एवम् क्रियाशील पत्रकार महासंघ मकवानपुरका सल्लाहकार नानीमैया विष्टले तीज मनाउने तरिकाले गर्दा गरिब र सम्पन्न परिवारका महिलाहरुबीचको दुरी झनै बढ्दै गएको बताए । पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, सदस्यद्वय सुरेश श्रेष्ठ र बालकृष्ण अधिकारीले तीजको नाममा भईरहेको अस्वभाविक छाडापनलाई मिडियाले दुरुत्साहन गर्न जरुरी रहेको विचार व्यक्त गरे । यस्तै, पत्रकार भावना रिजाल श्रेष्ठ र मिना श्रेष्ठले तीज मान्ने क्रममा हुने महिलाका तडकभडक र देखावटी प्रतिस्पर्धालाई स्थान दिन नहुने भन्दै संस्कृतिको जगेर्ना गर्ने हिसाबले तीज मनाउनमा प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले तीजको सांस्कृतिक पक्ष, गरिबीमा भएका महिलाका तीज, गाउँको समस्या जस्ता कुराहरुलाई पनि सञ्चार माध्यम र सञ्चारकर्मीले स्थान दिनुपर्ने भन्दै अनावश्यक तडकभडकलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । क्रियाशील पत्रकार महिला मकवानपुरका उपाध्यक्ष रेश्मी कार्कीको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार