१३ भदौ, हेटौँडा । पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो कार्यकालमा विकासका धेरै विषय उठाए । त्यसमध्ये नेपालले महासागरमा पानीजहाज चलाउने भन्दै उनले भाषण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीको भाषणलाई लिएर यसपाली तीजको गीत बजारमा आएका छन् । धनकुमारी थापा ‘सरु’ ले ‘नेपालको पानीजहाज’ एल्बम बजारमा ल्याएकी छिन् । मनोजसिंह धामीको शव्द/संगित रहेको गीतमा भनिएको छ ।
पूर्वपश्चिम रेल चाईनाबाट तेल, नेपालको पानीजहाज चल्ने भयो रे
नेता ज्यूले भनेको नेपालको पानीजहाज चल्ने भयो रे ।
हाँस्यकलाकार दमन रुपाखेतिलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा सर्टिफिकेट राखेर ऋण, हावाबाट विजुली, घरघरमा ग्याँसको पाईप जस्ता विषयलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । कृषिमा लगानी गर्ने भनिएको विषय पनि गीतमा उल्लेख छ ।
युवा विदेश बाँझै छ जग्गा नि, गर्ने अरे कृषिमा लगानी
हावाबाट विजुली बल्ने भयो रे ।
सर्वसाधारणले भने धाराको पाईपमा पानी नआउने जमानामा ग्याँस पाईने भो भन्दै व्यंग्य गरेका छन् । उनीहरुले जाजरकोटमा जीवनजल नपाउँदा पखाला लागेर जनताले मृत्युवरण गर्नुपरेको विषयलाई समेत उठाएका छन् ।
त्यसैगरी, गायक सितल शर्माले ‘पानीजहाज’ बजारमा ल्याएका छन् । उनले पनि ओलीका विकासे भाषणलाई प्रस्तुत गरेका छन् ।
हाम्रो देशले पानीजहाज चलाउने भा छ, नपत्याए हेर मैया पत्रिकामा आ’छ
अब त हामी को भन्दा कम....
हाँस्यकलाकार राजु मास्टरलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा ग्याँस सिद्धिएको विषयलाई प्रस्तुत गर्दै भनिएको छ ।
भान्सा कोठा ग्याँसको पाईप जोड्ने आ’छ हल्ला, बोक्न अब नपर्ने भो सिलिण्डरका डल्ला ।
ओल्लो डाँडा पल्लो डाँडा केबुलकारमा सुत्त, काठमाण्डौंमा छिरेपछि हेटौँडामा फुत्त ।
दैलेखमा खानी पत्ता लाग्यो भन्छन् तेलको, काठमाण्डौंमा चर्चा चल्न थाल्यो मेट्रो रेलको ।
दुबै गीतमा पूर्व प्रधानमन्त्री ओलीले सुनाएका आफ्नो विकासे योजना सफल भईदिए जनतालाई लाभ हुने अपेक्षा गरिएको छ । तर सानातिना समस्या नै समाधान हुन नसकिएको अवस्थामा गरिएको विकासे भाषणलाई आशंकाको दृष्टिकोणले हेरिएको छ ।
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...
२७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786539267.jpg)















