फाइल तस्विर
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराएका छन् । उनले हालको प्रदेशसभाको अंकगणित अनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पुर्याउन नसकेको बताए । हाल नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भएपनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा समावेश भईसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको स्पष्ट पारे । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई नेपाली कांग्रेस नेतृत्वको सरकारमा समावेश भई प्रदेशमा देखिएको अन्यौलता अन्त्य गर्न लिखित आग्रह गरेपछि हाम्रो नेपाली पार्टी सरकारमा आएको बताउँदै उनले अन्य दललाई सरकारमा सहभागी गराउन आफु प्रयासरत रहेको जानकारी गराएका थिए ।
पार्टीको बागमती प्रदेशसभापति समेत रहेका बानियाँले पार्टीको आन्तरिक एकता मजबुद हुनुपर्ने धारणा राखेका थिए । विगतमा २००७ सालदेखि हालसम्मका आन्दोलनमा कांग्रेसले अन्य पार्टीसंग समेत सहकार्य गरेको स्मरण गराउँदै उनले आफ्नो आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले विगतमा पनि सरकार र पार्टी नेतृत्वमाथि आलोचना हुने गरेकाले नेतृत्वमाथिको आलोचनालाई सामान्य रुपमा लिंदै पार्टी एकतालाई मजबुद बनाउनेतर्फ अघि बढ्न आग्रह गरे । पार्टी एकताका लागि आफुले गर्नुपर्ने सहयोग पार्टी नेतृत्वलाई सधैं रहने उनको भनाई थियो ।
उनले पार्टीका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत पार्टी कार्यालयबाटै आफ्नो गतिविधि अघि बढाउन र पार्टीभित्रै संघर्ष गर्न आग्रह गरे । पार्टीभित्रका दुबै पक्षका केही अतिवादी प्रवृत्तिको आलोचना गर्दै उनले आफ्नो काम र व्यवहार सकारात्मक ढंगले अघि बढाउन उनले सुझाव दिए ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
-1786539267.jpg)






-1792715895.jpg)






-nepal-1792111426.jpg)



